संकटमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान



जनक नेपाली

दाङ,२१बैशाख । राप्ती गाउँपालिका – ५ सिसहनियाँकी सिता आचार्यको राति एक्कासी पेट दुख्न थालेपछि उहाँसंँगै आफन्तहरु लमहीस्थित विष्ट स्वास्थ्य पोलिक्लिनिकमा चेकजाँचका लागि आउनु भयो । डाक्टरले एपेन्डिक्सको लक्षण देखापरेको भन्दै राता–रात घोराहीस्थित राप्ती उपक्षेत्रिय अस्पतालमा रिफर गरे । राप्ती उपक्षेत्रिय अस्पतालका इमरजेन्सी वार्डमा आउँदा एक, दुईजना ओजिटी गर्न बसेका नर्स बाहेक सबै कोठा रित्ता देखिन्थे ।

एपेन्डिक्सको लक्षण देखापरेका कारण बिरामीको तत्काल भिडियो एक्सरे गर्नुपर्ने अवस्था आयो तर डाक्टर भेट्न पाएनौ बिरामीका कुरुवा पवित्रा बोहराले भन्नुभयो । इमरजेन्सी वार्डमा बसेकी एक नर्स दिउँसो ३ बजे देखिनै अस्पतालमा रहेको भिडियो एक्सरे बन्द हुने भन्दै मध्यपश्चिम क्लिनिन वा बुद्ध हस्पिटलमा गएर एक्सरे गर्न आग्रह गर्नुभयो । दुबै हस्पिटलमा पुग्दा बिहान ८ बजे मात्र एक्सरे हुने बताएपछि रित्तो हात फकर्नु प¥यो, पवित्राले भन्नुभयो । रातिनै सबै समस्याका बारेमा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालसंग कुरा गर्दा उहाँको पहलमा बल्ल तल्ल घोराहीस्थित गोरखा हस्पिटलमा गएर भिडियो एक्सरेसँगै उपचार गर्न सफल भयौ ।

आचार्य र बोहरा प्रतिनिधिमुलक पात्र मात्र हुन पछिल्लोचरण हस्पिटलमा आउने अधिकासं विरामीले यस्तै समस्या भोग्दै आएकाछन् । अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टर निजी स्वास्थ्य क्लिनिकमा जान थालेपछि अस्पतालमा यस्तो वेतिथि देखापरेको अस्पतालमा कार्यरत एक कर्मचारीले बताएकाछन् । अस्पतालमा डिउटी हुँदाहँुदै पनि कतिपय डाक्टर विरामी छाडेर निजी क्लिनिकमा गएर विरामी जाँच्ने गर्दछन,उनले भने ।

अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारी बिहान १० देखि साढे १० बजेभित्र हस्पिटल आइपुग्ने नियम भएपनि मध्यान्न १२ बजेसम्म डाक्टरहरु आउँदैनन, उनले भने । निजी स्वास्थ्य क्लिनिकबाट डाक्टरलाई मोटो रकम आउने भएपछि अस्पतालको सेवा प्रवाहलाई व्यवास्था गर्दै आएको वताए । अस्पतालमा बिरामीको लाइन हुन्छ, कुनै क्लिनिकबाट फोन आए डाक्टर उतै दौडिहाल्छन् । यी सबै कारणले गर्दा अस्पतालको स्वास्थ्य सेवा खस्किदो अवस्थामा छ उनले भने ।

विरामीलाई डाक्टरको नम्बर दिए गाली अस्पताल आएका बिरामीले डाक्टरको सम्पर्क नम्बर मागे कर्मचारीले गाली खानुपर्ने कर्मचारीहरुले बताएका छन् । डाक्टर निजी स्वास्थ्य क्लिनिकमा गएको समयमा अस्पताल आएका विरामीले फोन गरेर सताउने भन्दै बरु आउँनु हुन्छ भन्नु नम्बर नदिनु भन्ने हामीलाई आदेश छ इमरजेन्सीमा कार्यरत एक नर्सले भनिन् । हामी नम्बर दिन सक्दैनौ दिए गाली खानुपर्छ समस्यामा हामी छौ, उनले भनिन् । अस्पतालमा कार्यरत डा.प्रताव पोखरेलले आवश्यकता अनुसार डाक्टर २४ घन्टा तयारी अवस्थामा बस्नुपर्ने बताउनु भयो । अस्पतालमा कार्यरत सबै डाक्टर बिहान साढे १० बजे अस्पताल आईपुग्नुपर्ने बताउँदै बिहान १० बजे आएर ११ बजे बाहिर निस्कने परिपाटीको अन्त्य हुनुपर्ने बताउनु भयो ।

स्वास्थ्य प्रतिष्ठानको विरुद्ध डाक्टर
यसैगरी राप्ती स्वास्थ्य विज्ञानप्रतिष्ठानको बिरुद्धमा डाक्टरहरुनै लागिपरेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा आए अस्पतालमा कार्यरत डाक्टर निजी क्लिनिकमा काम गर्न नपाउने भएपछि उनीहरु प्रतिष्ठानको विरुद्धमा लागेका हुन् । यसका साथै प्रतिष्ठानको हाता भित्र स्वास्थ्य क्लिनिक राख्न नपाइने भएपछि उनीहरु झन सक्रिय भएर प्रतिष्ठानको विपक्षमा उभिएको बताउको छ । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भूषालले तत्काल अस्पतालमा देखिएको समस्या हल गर्नुपर्ने बताउनु भयो । बिहान १० बजेदेखि २ बजेसम्म अनिर्वाय डाक्टरहरु सम्बन्धित वार्डमा बस्नुपर्ने,विशेषज्ञहरुलाई आवश्यकता अनुसार २४ घण्टा खटाउन भूषालले अस्पताल प्रशासनलाई आग्रह गर्नुभएको छ ।

आइसीयु र एनआइसियु सेवा बन्द
उपक्षेत्रीय अस्पतालमा रहेको आइसियु र एनआइसियु सेवा बन्द अवस्थामा छन् । प्रतिष्ठान स्थापनामा देखिएको विवादका कारण मेशिनहरु प्रयोग विहिन भएका हुन् । आइसियु र एनआइसियु मेशिन अस्पतालमा आईपुगे पनि कर्मचारीको अभाब भएको भन्दै सेवा नै बन्द भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट जनार्दन पन्थीले जानकारी दिनुभयो । अहिले भेन्टिलेटर मेसिन स्टोर कक्षमा थन्कयाईएको छ ।

भौतिक पुर्वाधार र स्तरोन्नतीको काम रोकियो
स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा आउने भएपछि अस्पतालनको स्तरोन्नती प्रकृया रोकिएको छ । एक सय शैया सञ्चालन भइरहेको उपक्षेत्रीय अस्पताललाई गत भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन सय शैयामा स्तरोन्नती गर्ने सहमति दिएको थियो । तर, प्रतिष्ठान घोषणा भइसकेपछि स्तरोन्नतीको सम्पूर्ण प्रक्रिया रोकिएको हो । यस्तै अस्पताल परिसरमा निर्माणाधिन अवस्थामा रहेको भौतिक पुर्वाधारको सम्पूर्ण काम रोकिएको छ । करिब २८ करोडको लागतमा ओ.पी.डी र शल्यक्रिया थियटरका लागि करिब ४ करोडको लगानीमा भवन निर्माण भइरहेका थिए । मन्त्रालयले आवश्यक बजेट उपलब्ध नगराउँदा भवन निर्माणको काम रोकिएको मेडिकल सुपरिटेण्डेन्ट पन्थीले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्