कुराकानी

पुर्नजन्म पाएका निरज भन्छन् ‘ओए सासु ज्यू, तम्रि छोरी जवान भैगई अव मेरा देउ’ ।।

By थाहा अनलाइन

May 04, 2018

सैघाली खबर/काठमाण्डौँ, बैशाख। संगितकार तथा गाएक निरज कुमार मृत्यूलाई जितेर नयाँ जिबन पाएका ब्यक्ति हुन् । अस्पताल पुगेर आफ्नो रोग बारे थाहाँ भईसकेपछि आफु बाच्छु भन्ने आशा मारेका थिए निरजले । डाक्टरले पनि ९० प्रतिशत आशा मारिसकेका थिए ।

खाँसमा निरजलाई क्यान्सर भएको थियो । निरज भन्छन् ‘आमाशय काटेर जोडको छ, पित्त छैन, पित्त नलि पनि छैन, तिन फिट आन्दा्र काटेर फालेको छ’। सामान्य परिवारका निरजले अप्रेशनपछि नयाँ जिवन त पाए तर अप्रेशनकालागि लिएको रकम भने अझै तिर्न सकेका छैनन् ।

बझाङमा जन्मिएका निरजको ‘ओए सासु ज्यू, तम्रि छोरी जवान भैगई अव मेरा देउ’ निकै चलेको देउडा गित हो । करिब ७/८ सय गितमा शब्द र संगित दिएका निरजले देउडा गितमा भने आफै स्वर दिएका छन् ।।