यो वर्ष नोबेल साहित्य पुरस्कार नदिइने, कारण के ?



सैघाली खबर/काठमाण्डौँ, २१ बैशाख।
यो वर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको छ । स्विडेनस्थित नोबेल एकेडेमीले शुक्रबार यसबारे जानकारी दिदैं अब सन् २०१९ मा मात्र यो पुरस्कार वितरण गर्ने बताएको हो । अर्को वर्ष दुई वटा पुरस्कार घोषणा गरिनेछ । एकेडेमीका सदस्य कटरिना फ्रोस्टेन्सनका श्रीमान जिन क्लाउड अर्नाल्टमाथि बलात्कार तथा यौनशोषणको आरोप लागेपछि एकेडेमी विवादमा फेसेको थियो । १८ जना महिलाले गत नोभेम्बरमा अर्नाल्टमाथि यौन शोषणको आरोप लगाएका थिए ।

उनले यो आरोप अस्वीकार गरेका थिए । अर्नाल्ट पत्नी तथा एकेडेमी सदस्य कटरिनालाई चुनाव गरी पदमुक्त गरिएको थियो । तर, घटना सार्वजनिक भएदेखि नै साहित्यतर्फको नोबले पुरस्कार अनिश्चित बनेको थियो । एकेडेमीको स्थापना १८८६ मा भएको थियो भने १९०१ देखि साहित्यतर्फ नोबेल पुरस्कार दिन थालेको हो ।

हालसम्म यो सात पटक स्थगित भइसकेको छ । विश्वयुद्धताका छ पटक यो पुरस्कार दिइएको थिएन भने सन् १९३५ मा उपयुक्त व्यक्ति नै नभएको बताइएको थियो । सन् २०१७ मा बेलायती लेखक काजुओ इसिगुरो र २०१६ मा अमेरिकी गायक तथा गीतकार बब डिलनलाई यो पुरस्कार दिइएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्