दिपकले किने नयाँ कार, कति रहेछ मूल्य ?



सैघाली खबर/काठमाण्डौँ, २१ बैशाख ।

चर्चित हास्यकलाकार दीपकराज गिरीले आफ्नो नयाँ कार किनेका छन् । उनले ७९ लाख मूल्यमा हेक्जा कार खरिद गरेका हुन् । यसअघि उनी स्वीफ्ट डिजायर चढ्ने गर्थे, जुन ३१ लाख मूल्यको थियो । त्यो पुरानो भएकाले नयाँ कार किनेको दीपकले बताएका छन् ।

तितो सत्यबाट चर्चित बनेका हास्यकलाकार गिरी पछिल्लो समय चलचित्र निर्माणमा व्यस्त छन् । उनको समूहले निर्माण गरेका पछिल्ला फिल्म छक्का पञ्जा र छक्का पञ्जा २ ले व्यापारको कीर्तिमान कायम गरेका थिए । अहिले उनी छक्का पञ्जा ३ को तयारीमा छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्