विकास निमार्णको लागि मेरो उम्मेदवार नेकपा एमाले महिला उपमेयर पदका उम्मेदवार सीता न्यौपाने



असार ११ दाङ

अमिता चौधरी

sita1

घोराही उपमहानगरपालिकाका नेकपा एमाले महिला उपमेयर पदका उम्मेदवार सीता न्यौपाने संगको कुराकानी ।।
१ बधाई छ तपाई पार्टी बाट उपमेयरको टिकट पाउनुभएकोमा !
धन्यवाद तपाई अमिता अनि सैघाली खबर लाई र सम्पूर्ण आमा बुवा,दाजुभाई, दिदिबहिनीहरु लाई पनि ।
२ तपाईको राजनीतीक यात्राको बारेमा केहि भन्दिनुस् न ?
मेरो राजनीतीक यात्रा २०३५/०३६ सालको बहुदल र निर्दलको आन्दोलन हुँदा सात कक्षा पढ्दा देखि सुरु गरको हो । २०४६ साल देखि अहिले सम्म निरन्तर रुपमा लागि परेको छु । अग्रज राजनीतीक नेता कार्यकताको विशेष सहयोगमा मैले राजनीतीक यात्राको सुरुवात गरेको हो ।
३ तपाईको उम्मेदवारी किन ?
घोराही उपमहानगरपालिकाको समग्र विकासको लागि मेरो उम्मेदवारी हो । यहाँको विकासको बारेमा विशेष जानकार भएको हुँदा मैले उम्मेदवारी दिएको हो । सम्भाबित कुराहरुलाई खोत्लदै काम गर्नको लागि उम्मेदवारी रहेको छ । यहाँको महिलाहरुको शिक्षा, स्वास्थ्य, रोजगारको बृद्धि विकासको लागि मैले उपमेयर पदमा उम्मेदवारी दिएको हो ।

४ घरदैलो अभियान समग्रमा कस्तो छ ?
नेकपा एमाले पार्टीले विशेष प्राथमिकता दिएको छ । कुनै पनि गाउँ, टोल, समाज, र प्रत्येक ठाउँमा गई सबै मतदाता शिक्षा संगै घरदैलो कार्यक्रम सञ्चालन गरीरहेका छौं । बृद्धबृदा,आमाबुवा सबै लाई विषेश मध्यनजरमा राखेका छौ ।
५ मतदाताहरुको प्रतिकृया कस्तो पाउनुभयको छ ?
एकदमै राम्रो छ । मतदाताहरुको प्रतिकृया मैले राम्रो पाएको छु । यतिवेला चुनावको बेला घरदैलो अभियान व्यस्त छु । अहिले पनि घरदैलो कार्यक्रममा छु । राम्रो काम गर्नुहोला तपाईलाई भोट दिएर जिताउछौं भनिरहनुभयको छ । जनतको कुराले हामीलाई उत्साहित बनाएको छ । हामीले विगतमा गरेका कामहरुले यतिबेला पनि मतदाताहरुलाई एकलमै उत्साहित बनाएको छ ।यहाँको महिला दिदि बहिनीहरुको सवालका बिषयमा सम्बोधन गर्छ भन्ने मतदाताहरुले बिश्वास लिनुभयको छ ।

६ यदि तपाई जित्नु भयो भने महिलाहरुका लागि कस्ता खालको रणनीती अपनाउनु हुनेछ ?
यदि मैले घोराही उपमहानगरपालिकाको उपमेयर पदमा जिते भने विशेष गरी बालबालिका, महिलाहरुको हक अधिकार मुद्धाका बारेमा पहल गर्ने छु । घरायसी हत्या, हिंसा , पिछडिएका महिलाहरुका बारेमा काम गर्ने छु ।
७ तपाईका एजेण्डाहरु के के छन् ?
घोेराही उपमहानगरपालिकामा पर्याप्त खानेपानीको सुबिधा छैन । शिक्षामा गरिब, सडक बालबालिकाको पहँच छैन । बिकट बस्तीहरुमा बाटो नभएका कारण यातायातको सुबिधा छैन । रोजगारको अभाबका कारण दिनहुँ युवा वर्गहरु बाहिरीने बाध्यता रहेको छ । यी सबै कुराहरु सम्बोधन गर्ने मेरो एजेण्डा रहने छ । साथै हक अधिकार बिहिन महिलाहरुलाई अधिकार सम्पन्न गराउन तथा विकास निमार्णका काम गर्नको लागि मैले उम्मेदवारी दिएको हुँ । आफु हिजोका दिनहरुमा निति निमार्णको तहमा महिला सहभागिता हुन नसक्दा महिलाहरु पछि पर्नु बाध्यता थियो ।
जहाँ महिलाहरु दबिएर थिचिएर बस्नुपर्ने अबस्था थियो ति कुराहरुको अन्त्य गर्नको लागि तथा महिलाहरुले पनि गर्न सक्छन् भन्ने कुरा प्रस्तुत गर्नको लागि मैले उम्मेदवारी दिएको छु । महिलाहरुलाई हरेक क्षेत्रमा सक्षम र सवल गराउने गराउने प्राथमिकताका सात अधिकार विहिनलाई अधिकार सम्मपन्न गराउने मेरो पहिलो प्राथमिकता हुने छ ।
८ मतदाताको धारणा के छ ?
मतदाताहरु खुशी हुनुहुन्छ । लामो समय पछि स्थानीय तहको चुनाब हुदै छ । यसलाई सफल बनाउने कुरामा होस् या नेकपा एमालेलाई जिताउने सवालमा उत्साहपूर्णरुपमा साथ सहयोग गर्नुभयको छ ।
९ जितेर जानेहरु फर्केर आएनन् । तपाईहरु पनि त्यस्तै हो भन्छन् होला ?
त्यो त भनिहाल्छन् । हामी त्यो कुरालाई चिर्ने प्रयासमा छौं ।
१० स्थानीय तहकै विकासका लागि त व्यक्ति पनि हेर्नु पर्ला नि ?
होइन । व्यक्तिलाई होइन , पार्टी जिताउनु पर्छ भन्ने कुरा हाम्रो मान्यता हो ।
११ अन्तमा आम मतदातालाई सैघाली खबर र्माफत केहि भन्न चाहानुहुन्छ ?
मैले धेरै कुरा भनिसके । अब भन्ने भनेको नेकपा एमाले पार्टीलाई जिताउनु हो ,त्यसका लागि सूर्यमा मतदान गरी अत्याधिक बहुमतले बिजय बनाउन आग्रह गछौं । अर्को विषेश गरी कस्ले कस्ता चुनावी एजेण्डा ल्याएका छन ।त्यसमा विषेश ध्यानमा राखेर मतदान गरेर भोट दिन आग्रह गर्दछु । र एक सय दिनमा एक सय एक काम गरेर देखाउने छ एमालेले भन्ने कुराको बिश्वास दिलाउन पनि चाहान्छु ।
अन्त्यमा , बिशेष गरि सैघालि खबरलाई धन्यावाद दिन चाहन्छु र मलाई घोराही उपमहानगरपालिकाको नेकपा एमाले पार्टी बाट उपमेयर पदमा सूर्य चिन्ह्रमा मतदान गरी अत्याधिक बहुमतले जिताउन हार्दिक अनुरोध गर्दछु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्