विकासमुखी शिक्षा तयार पार्नुपर्ने प्रधानमन्त्रीको भनाइ



सैघाली खबर
काठमाडौं, २१ बैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकाससँंग जोडेर शिक्षालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको विशेष बैठकलाई आज रामपुरमा सम्बोधन गर्दै उहाँले सरकारले उपयोगी शिक्षामा जोड दिन थालेको बताउनुभयो । प्रधानमन्त्री ओलीले विगतमा विकास, समृद्धि र संस्कृतिको अभिन्न अङ्ग विद्या, ज्ञान, महाविद्यालय र विश्वविद्यालय भएको उल्लेख गर्दै २००७ सालपछि देश नयाँ शिक्षातर्फ उन्मुख भएको र त्यसअघि औपनिवेशिक आवश्यकताको उपनिवेशको बासिन्दालाई कमाउन सिकाउने खालको शिक्षा रहेको धारणा राख्नुभयो ।

नेपाल कृषि प्रधान देश रहेको र दुई तिहाइ जनसंख्या कृषिमा आधारित भएर पनि खाद्यान्न आयात गर्नु पर्ने अवस्था रहेको बताउँदै उहाँले अन्न नपुगेर भन्दा पनि खाने बानीको समस्याका कारण अभाव भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्व अहिलेको भन्दा चार गुणा बढी बढाउनुपर्नेमा जोड दिदैं यसका लागि प्रविधि र अनुसन्धानको विकास गरेर खाद्यान्नको परिपूर्ति गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्