घर्तीको श्रद्धाञ्जली सभा



सैघाली खबर
दाङ, २१ बैशाख
नेपाली कांग्रेसले साविक सैघा गाविस इकाइ समितीको आयोजना मा साविक नेपाली कांग्रेसका कियासील सदस्य डम्वरवहादुर घर्तीको १३ दिनको पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली सभा गरेको छ । श्रद्धाञ्जली सभा साविक सैघा गाविसका सभापति ज्ञानवहादुर रायमाझीको अध्यक्षता तथा नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति गिरिराज सुवेदीको प्रमुख आतिथ्य तथा नेपाली कांग्रेसका दाङ क्षेत्र नम्वर २ (क) का प्रदेश सभा सदस्यका उमेद्धार कमल किशोर घिमिरे र नेपाली काग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सचिब बद्री कुमार खड्काको बिशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रममा वोल्ने बक्ताहरुले घर्तीले पार्टीमा पु¥याएको योगदानका वारेमा चर्चा गरेका थिए । त्यस अवसरमा नेपाल जनजाती संघ सैघाका अध्यक्ष हिरा बहादुर घर्ती लगाएतकाले भनाइ राखेका थिए । भने कार्यक्रम सञ्चालन क्षेत्रीय सदस्य टंक ज्ञवालीले गरेको नेपाल तरुण दलका जिल्ला सदस्य विरवहादुर खत्रीले ९विरु०ले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्