आज राती देखि फेसबुक र ट्विटरबाट पनि निर्वाचनको प्रचार गर्न नपाइने



११ असार, दाङ
निर्वाचन आयोगले आज राती १२ बजे देखि फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक लगाएको छ।

आयोगले दोश्रो चरणको निर्वाचनका लागि आज राती १२ बजेबाट मौन अवधि सुरु हने जनाउँदै प्रचारमा रोक लगाएको हो।

असार १४ गते बुधबार १, ५ र ७ प्रदेशका ३५ जिल्लामा निर्वाचन हुँदैछ। मौन अवधि शुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारहरुको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले प्रचार गर्न पाउँदैनन्।

आयोगले विज्ञप्ती जारी गर्दै भनेको छ – निर्वाचनको मौन अवधिमा आफ्ना वेवसाइट तथा फेसबुक र ट्वीटरलगायतका कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचार–प्रसार गर्न नपाइने भएकाले त्यस्ता प्रचार–प्रसारका क्रियाकलापहरु नगर्न र गराएको पाइएमा तत्काल रोकी मौन अवधिको पूर्ण पालना गर्न, गराउन निर्वाचन आयोग सम्बद्ध सबैसँग आग्रह गर्दछ।’

आयोगले मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी समेत निषेध गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्