नेपालको ब्यापार घाटामात्र होइन, ध्वस्त छ



वैशाख, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको वैदेशिक ब्यापार घाटामात्र नभएर ध्वस्त नै रहेको टिप्पणी गरेका छन् ।

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहमा उनले भने ‘हामी नेपालको ब्यापार घाटा बढी भयो भन्छौं के को ब्यापार घाटा हुने यो त ड्यामेज नै हो, ९३ प्रतिशत आयात र ७ प्रतिशत निर्यातलाई ब्यापार घाटा भन्न मिल्दैन

धेरै मानिस कृषि पेशामा लाग्ने तर खानै नपुग्ने अवस्था रहेको भन्दै ओलीले अब सरकारका हरेक पाइला विकास, आधुनिकता र परिवर्तन तर्फ केन्द्रित हुने जिकिर गरे ।

नेपालको कृषि उत्पादन र प्राकृतिक स्रोत साधन विश्वका अन्य देशमा कहिँ कतैं नभएको भन्दै प्रधानमन्त्रीले भने ‘अमेरिका, युरोप, रसियालगायत धेरै देशहरुमा आँपको उत्पादन हुँदैन । तिनीहरुलाई नेपालको आँप चखाउनुपर्छ । एकचोटी चाखेपछि पल्किन्छन् । नेपालमा त झार पलाए पनि यार्सागुम्बा भएर निस्कन्छ । यति धेरै सम्भावना भएको देशमा अब युवाहरुले केही गर्नुपर्छ ।’

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु व्यवसायिक कृषि उत्पादनमा लाग्नुपर्ने उनको सुझाव छ । दीक्षान्त समारोहमा कृषि तथा वनविज्ञान विश्वविद्यालयका स्नातक, स्नातकोत्तर र विद्याविरिधि तहका गरी जम्मा ३१२ जना विद्यार्थीहरु दीक्षित भए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्