Nepal's Prime Minister Khadga Prasad Sharma Oli (L) shakes hands with his Indian counterpart Narendra Modi during his ceremonial reception at the forecourt of India's Rashtrapati Bhavan presidential palace in New Delhi, India, February 20, 2016. REUTERS/Adnan Abidi - GF10000316261

प्रदेश ३

ब्यापक विरोधका बावजुद अरुण तेश्रोको सिलान्यास गर्दै ओली र मोदी

By थाहा अनलाइन

May 05, 2018

सैघाली खबर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्माओलीले नेपालको अरुण तेश्रो जलविद्युत अयोजनाको संयुक्तरुपमा सिलान्यास गर्ने भएका छन् ।

आगामी वैशाख २९ गते आयोजनास्थल संखुवासभामा सो जलविद्युत आयोजनाको शिलान्यास गरिने छ ।

ओलीको निमन्त्रणामा बैसाख २८ गते भारतीय प्रधानमन्त्रीमोदीले नेपाल आउँदै छन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले दिएको जानकारी अनुसार बिहीबार उक्त अनुमति पत्र दिइएको हो ।

नौ सय मेगावाट क्षमताको उक्त आयोजना भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गर्न लागेको हो । सतलजले आयोजना निर्माणकालागि नेपालमा एसजेभिएन नेपाल नामक कम्पनी दर्ता गरेको छ ।

भिडियो कन्फेरेन्स मार्फत आयोजना स्थलमा शिलान्यास गर्ने व्यवस्था मिलाइएको छ ।

जानकारीमा आए अनुसार फ्याक्सिन्दा दोभानबाट श्रव्य-दृश्य माध्यमबाट काठमाडौँमा सम्पर्क गरिनेछ ।

कार्यक्रमको लागि नेपाल टेलिकमले अप्टीकल फाइबर विच्छ्याउने काम सम्पनन गरिसकेको छ ।

नेपालमा जति सरकार बनेपनि भारतलाई मात्रै फाइदा पुग्ने र सन्धी सम्झौता हुने नेपाललाई घाटा हुने भएकोले राष्टघाती सन्धी नगर्न दबाब स्वरुप नेपाल बन्द जस्ता कार्यक्रम भइरहेका बेला हुन लागेको अरुण तेश्रोको सिलान्यासले भोली नेपाललाई घाटा हुन गयो भने त्यसको जवाफ ओली सरकारले दिनु पर्ने छ ।

विप्लव माओवादीले आज नेपाल बन्द गर्नुको एउटा कारण मध्य यो योजना भारतीय कम्पनीलाई दिनुपनि एउटा हो ।

महाकाली सन्धी गरेपछि नेपाललाई वार्षिक एक अरब नाफा हुन्छ भनेर भाषण गर्ने हिजोका केपी ओली नै आज देशको प्रधानमन्त्री छन् ।

स्मरण रहोस महाकाली सन्धी गरेवापत नेपालले पाउने भनिएको वार्षिक एक अरब अहिलेसम्म आएको छैन ।