भ्रस्टाचार, महंगी र गिरफ्तारी विरुद्ध नेकपाको नेपालबन्दले जनजीवन प्रभावित, ठाउँठाउँमा बम विस्फोट



काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले अायोजना गरेको नेपाल बन्दको कारण विहानैदेखि सडक सुनसान बनेका छन् ।

बन्दका कारण राजधानी काठमाडौंसहित विराटनगर, हेटौंडा, नेपालगंज, धनगढीसहित ठूला शहर सुनसान छन् ।

विहानैबाट खुल्ने पसलहरु बन्दै नै छन् भने सडकमा एम्बुलेन्‍स, तरकारी, दूधका गाडी मात्रै देखिएका छन् ।

काठमाडौंबाट देशका विभिन्‍न स्थानमा छुट्‍ने लामो दुरीका सवारी यातायातका साधनहरु पनि बन्द नै छन् । बस पार्कमा सुनसान छन् ।

विहानै चितवनको भण्डारामा शक्तिशाली बम विस्फोट भएको छ । अज्ञात समूहले गराएको विस्फोटबाट मानविय क्षति भने नभएको स्थानीयले बताएका छन् ।

नेकपा निकट युवा संगठनका अध्यक्ष बाबुराम राई ‘विवस’ महिला संगठनका महासचिव धिरेन्द्र उपाध्याय ‘भृकुटी’, पार्टीका केन्द्रीय सदस्य किरण राई, विद्यार्थी संगठनका महासचिव प्रकाश शाही लगायत जिल्लाका प्रमुखहरुलाई बिनाकारण गिरफ्तार गरी झुठा मुद्दा लगाएको भन्दै नेकपाले प्रतिरोध गर्ने चेतावनी दिएको हो ।

त्यस्तै आजको नेपाल बन्दको क्रममा लम्जुंगमा रहेको भारतीय विद्युत कम्पनी जिएमआरमा बम विस्फोट भएको छ । मस्र्यांदी गाउँपालिकामा रहेको सो कम्पनीमा गत राती नै बम विस्फेट गरिएको समाचार छ । त्यस्तै लम्जुंग कै पाउदी र पिप्लेमापनि बम भेटिएको समाचार प्राप्त भएको छ ।

नेपालको जल श्रोतमा नेपालीले नै आफ्नै लगानीमा विजुली निकाल्न सकिने भन्दै मस्र्यांदीमा विजुली निकाल्न भारतलाई दिन नहुने भन्दै नेपालका देशभक्तहरुले विरोध गर्दै आएका छन । उता बन्दको अवज्ञा गरेको भन्दै नवलपरासीमा भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड गरिएको छ ।

त्यसैगरी बन्दका कारण सुनसान बनेको कैलालीका विभिन्‍न स्थानहरुमा बम विस्फोट भएका विवरण अाएका छन् ।

सात नम्बर प्रदेशको राजधानी धनगढीको चौराहासहित बजारभित्रै दुई ठाउँमा बम विस्फोट भएका छन् ।

कैलालीकै गौरीगंगा नगरपालिकामा बम विस्फोट भएको स्थानीयले कमर थारुले जानकारी दिएका छन् । थारुका अनुसार अाज विहानै ठूलो विस्फोटको अावाज अाएको थियो ।

यसैविच नेकपाका महासचिव विप्लवले विज्ञप्ती निकालेर यही बुधबार मात्र कञ्चनपुरको बिचफाँटामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमि मिचेर अतिक्रमणकारी हर्कत जारी राख्दा समेत केपी सरकारले मौन बसेको भन्दै महासचिव विप्लवले आपत्ति जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्