सैघाली खबर,
तुलसीपुर २२ बैशाख ।
तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य दिपक कुमाल दुई बालकको शाहारा बनेका छन् । कुमाल तुलसीपुर उपमहानगरपालिका ५ सुन्दरनगरमा रहेको ज्ञान ज्योती प्राबिमा अध्ययनरत दुई बालकको अभिभाबक भएका हुन् । अभिभाबक बिहिन भएका तुलसीपुर ६ का बिजय गन्दर्भ र बिष्णु बिकको अभिभाबकत्व ग्रहण गरेका हुन् । शुक्रबार बिद्यालयमा पुगेर कक्षा २ मा अध्ययनरत ती बालकहरुको अभिभाबकत्व ग्रहण गरेका हुन् । उनले पढाईमा लाग्ने सम्पूर्ण खर्च ब्यबहोर्ने समेत बताए । ती दुबै बिद्यार्थीको आर्थिक अबस्था कमजोर हुँदा पढाईमा प्रभाबित भएको भन्दै ती दुबै बालकलाई पढाईमा आर्थिक सहयोग गर्ने उनले बताए । आर्थिक अभाबकै कारण कुनै पनि बिद्यार्थी पढाईबाट बञ्चित हुने अबस्था आउन नहुँने भन्दै कार्यपालिका सदस्य कुमालले सबै गरिब, बिपन्न, असहाय बालबालिकाको अभिभाबकत्व राज्यले गर्नुपर्ने बताए । अहिले पनि धेरै बालबालिकाहरु आर्थिक अभाबकै कारण पढाईबाट बञ्चित हुनुपरेको भन्दै यसको जिम्मा राज्यले लिनुपर्ने बताए । यसैबीच ज्ञान ज्योती प्राबि तुलसीपुरमा भर्ना भएका नयाँ बिद्यार्थीहरुलाई स्वागत गरिएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि बहादुर बिकको अध्यक्षता तथा कार्यपालिका सदस्य दिपक कुमालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबसरमा बिद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले सरकारले बिद्यार्थी अनुसारका शिक्षक नहुँदा निजि शिक्षक राखेर पठन पाठन गराउनुपर्ने बाध्यता रहेको गुनासो पोखे । जहाँ बिद्यार्थी हुन्छन्, त्यहाँ शिक्षक पठाउनुपर्ने भएपनि त्यसो हुन नसकेको गुनासो गरे । बिद्यालयकी शिक्षिका नन्दा नेपालीले स्वागत मन्तब्य ब्यक्त गरेकी थिईन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।