नेकपाको बन्दकोक्रममा देशभर विस्फोट र तोडफोडका घटनामा तिव्रता



 

नेकपाले आयोजना गरेको बन्दको क्रममा देशभरबाट विस्पोेट र तोडफेड गरिएका घटनाहरु प्रकाशमा आइरहेका छन् ।

यसैवीच भ्रस्टाचारको अभियोग लागेका बिक्रम पाण्डेको बाँकेको हवलदारपुरमा रहेको कालिका निर्माण कम्पनीमाथि शुक्रबार राति बम बिस्फोट भएको खबर छ ।

यसैबीच काठमाडौंबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबाहक बसमा बम प्रहार भएको छ ।

मालिका कालिका यातायात प्रा।लि।को ना ६ ख ३९७० नम्वरको बसमा पेट्रोल बम प्रहार भएको छ ।

प्रालिका अध्यक्ष सुमन पोख्रेलका अनुसार ४ नम्वर र गोरुसिंगेको बीचमा पर्ने वनगैंमा २ जनाको समूहमा आएका युवाहरुले पेट्रोल बम प्रहार गरेका हुन् ।

बम प्रहारबाट गाडीमा आगो सल्किदै गरेको अवस्थामा यात्रुहरुले आगो नियन्त्रणमा लिएकाले क्षति हुनबाट बचेको बताइएको छ ।

त्यसैगरी बन्दको क्रममा डोटीको फल्टुरेमा मिनि टाटाको गाडिमा आगजनी गरिएको छ ।

बन्दको अवज्ञा गरेको भन्दै नवलपरासीको ज्यामिरेमा २ भारतीय नम्बरका कार तोडफोड गरिएका छन् । कारमा क्षति पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्