कालिका कन्स्ट्रक्सनको कार्यालयमा विस्फोट



सैघाली खबर,
बाँके,२२ वैशाख । बाँकेको शम्शेरगन्जमा रहेको कालिका कन्स्ट्रक्सन प्रालिको कार्यालयमा नचिनेको मान्छेको समूहले शुक्रबार राति प्रेसरकुकर बम विस्फोट गराएको छ ।

विस्फोटबाट कार्यालयमा सामान्य क्षति भएको छ । कालिका कन्स्ट्रक्सनको क्षेत्रीय कार्यालय केहीदिनअघि मात्रै सञ्चालनमा आएको हो । कालिकाले बाँकेमा विभिन्न निर्माण कार्यको जिम्मेवारी पाएको छ ।

प्रहरीले बम विस्फोटन गर्नेहरुको खोजी भैरहेको जनाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने आशंका छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्