राप्ती गाउँपालिकाले स्वास्थ्य केन्द्र चलाउने



सैघाली खबर,
देउखुरी, २२ बैशाख
राप्ती गाउँपालिकाले नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउन तीन स्थानमा स्वास्थ्य केन्द्र सञ्चालन गर्ने भएको छ । त्यसका लागि गाउँपालिकाले अहेव, अनमी र कार्यालय सहयोगी छनौटका लागि लिखित परीक्षाको नतिजा प्रकाशन गरीसकेको छ ।

गाउँपालिकाले वडा नम्बर ९ को दबीकोट, वडा नम्बर ६ को पत्थरगढवा र वडा नम्बर ३ र ४ को बीचमा पर्ने मौरीघाटमा स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेको अध्यक्ष नुमानन्द सुबेदीले जानकारी दिनुभएको छ । गाउँपालिकाका सबै नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित रहेको भन्दै गाउँपालिकाले स्वास्थ्य केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो ।

प्रत्येक केन्द्रका लागि ३÷३ जना कर्मचारीको ब्यबस्थापन गर्ने तयारी भएको अध्यक्ष सुबेदीले जानकारी दिनुभएको छ । एक जना अहेब, एक जना अनमी र एक जना कार्यालय सहयोगीको ब्यबस्थासहित स्वास्थ्य केन्द्र सञ्चालन गर्ने जनाइएको छ ।

यसैबीच राप्ती गाउपालिका—२ का सबै टोलहरुमा सरसफाई गरिएको छ । राप्ती गाउँपालिकाको पुर्ण सरसफाई कार्यक्रम अन्तर्गत वडा नम्बर २ का बराखुटी टुडिखेल, कठाहा, एकतानगर टोलहरुमा सरसफाई गरिएको हो ।

स्थानीय टोल सुधार समितिको सक्रियतामा आज सरसफाई गरिएको वडाध्यक्ष जगत थापाले जानकारी दिनुभएको छ । नियमित कार्यक्रम अन्तर्गत गरिएको सरसफाईमा गल्ने र नगल्ने फोहर बिभाजन गरी ब्यवस्थापन गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुुभएको छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्