पत्रकार महासंघ प्रदेश समिति चयनका लागि आज मतदान ।।



सैघाली खबर/काठमाण्डौँ, २२ बैशाख।
नेपाल पत्रकार महासंघको प्रदेश समितिका पदाधिकारी चयनका लागि आज मतदान भइरहेको छ । ७ वटा भौगोलिक प्रदेश र काठमाडौं उपत्यका, प्रतिष्ठान र एसोसिएट गरी १० वटा समितिमध्ये ५ वटामा मतदान सुरु भएको हो । प्रदेश नम्बर ४, ५, ६, प्रतिष्ठान र एसोसिएटतर्फका समितिका सबै पदमा निर्विरोध भइसकेको छ ।

काठमाडौं उपत्यकाको मतदान नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा भइरहेको छ । अन्य जिल्ला शाखाको मतदान सम्बन्धित जिल्लाकै कार्यालयमा चलिरहेको छ । पत्रकार महासंघमा पहिलो पटक साधारण सदस्यको प्रत्यक्ष मतदानबाट प्रदेश समितिका पदाधिकारी चयन हुन लागेको भए पनि धेरै जसो पदमा मुख्य ३ दल निकटका पत्रकार भागबण्डा गरेर निर्विरोध चयन भएका छन् ।

नेकपा एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरले सिन्डिकेट कायम राखेर पद भागबण्डा गरेको भन्दै अन्य दल निकट पत्रकारले यो चुनाव बहिष्कार गरेका छन् । केहीले भने भागबण्डा गर्नेलाई निर्विरोध हुन नदिने भन्दै उम्मेदवारी दर्ता गरेका कारण मतदान नै गर्नुपरेको हो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्