जीवन नेपाल /सैघाली खबर दाङ, २२ बैशाख
उहाँ हुनुहुन्छ दांग जिल्लाको बंगलाचुली गाउँपालिका ४ फाँटा निवासी बिना परियार ।
उमेरले उहाँ ६० बर्ष पुग्नुभयो । गर्मी मौसमसँगै बीना अहिले मकै रोप्नकोलागि बारी जोत्दै हुनुहुन्छ ।
नेपाली समाजमा महिलाले हलो जोत्न हुँदैन भन्ने परम्परा छ तर यो परम्परालाई बिनाले तोड्नु भएको छ ।
बिगत १० बर्षदेखि बिना हलो जोत्दै आउनुभएको छ । बिनाका श्रीमान बिरामी हुनुहुन्छ ।
तर श्रीमानले गर्दै आएको काम र व्यवहार बिनाले सम्हाल्नु भएको छ ।
११ वटा छोराछोरीको आमा भइसक्नुु भएकि बिना उमेरले ६० लागेपनी महीलाले केहि गर्न सक्दैनन भन्नेहरुकालागि उदाहरणीय पात्र बन्नु भएको छ।
मञ्चमा ठूला भाषण गर्ने तर जनताकालागि सिन्को नभाँच्नेहरुले यी आमाबाट केही सिक्ने की ।
https://youtu.be/eLG2LohWUfA
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।