असार ११ – स्थानीय तहको दोस्रो चरणको चुनावको लागि ६२ हजार २ सय ४० उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ । तीन सय ३४ स्थानीय तह मध्ये तीनवटा तहको अन्तिम तथ्यांक नआइसकेपनि समग्रमा अहिलेसम्मको तथ्यांक अनुसार १५ हजार ३८ जनप्रतिनिधिको लागि ६२ हजार दुईसय ४० उम्मेदवार मैदानमा रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिए । आयोगका प्रवक्ताले दिएको जानकारी अनुसार प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका तीनसय ३४ स्थानीय तहमा उम्मेदवारको तथ्यांक यस्तो छ । निर्वाचित हुने जनप्रतिनिधि – १५ हजार ३८ जना उम्मेदवारी मनोनयन दर्ता – ६३ हजार ७० जना मनोनयन फिर्ता – ७ सय २८ जना मनोनयन रद्द – ६४ निर्विरोध निर्वाचित – ३८ जना
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।