सकियो एन्फाको चुनाव ।।



सैघाली खबर/काठमाण्डौँ, २२ बैशाख।
अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्वका लागि चुनाव सकिएको छ । ७७ जना मतदाता रहेकोमा ७६ मत खसेको निर्वाचन समितिले जनाएको छ । जिल्ला फुटबल कञ्चनपुरका अध्यक्ष गणेश चन्दले चुनाव नगर्न आफैले अदालतमा रिट हालेको भन्दै नैतिकताका आधारमा मतदान नगर्ने बताएका छन्।

मतपरिणाम शनिबार बेलुकासम्ममा आउने निर्वाचन समितिले जनाएको छ । अध्यक्षका प्रतिस्पर्धी मणी कुँवरले चुनावी प्रक्रिया बहिष्कार गर्ने बताएपनि ७६ मध्ये ७५ मत खसेपछि कुँवर पक्षले पनि मतदानमा सहभागि भएको पुष्टि भएको छ । एन्फाको अध्यक्षका लागि कुँवर र कर्माछिरिङ शेर्पाको समूह प्रतिस्पर्धामा छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्