समाचार

बेलुका ५ बजे देखि बन्द फिर्ता हुने

By थाहा अनलाइन

May 05, 2018

 

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले गरेको एकदिने नेपाल वन्द बेलुका ५ बजेपछि फिर्ता हुने भएको छ । सर्वसाधारण समस्यालाई ध्यान राख्दै वेलुका ५ बजेपछि बन्दा फिर्ता गर्न लागेको जिल्ला सेक्रेटरी विक्रमले जानकारी दिनुभयो । बन्दका कारणका कारण दाङको जनजीवन प्रभावित भएको छ। बन्दका कारण यातायात, कलकारखाना, बजार ठप्प रहेका थिए ।

फाट्टफुट्ट रुपमा मात्रै साना सवारी साधान सञ्चालनमा आएका छन्। यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले नेकपाका दुईजना कार्यकर्ता पक्राउ गरेको थियो ।तुलसीपुर उपमहानगरपालिका वडा नं १६ निवासी २० बर्षीय अर्जुन सुनार र तुलसीपुर १५ निवासी १७ बर्षीय जनार्दन बोहोरा पक्राउ परेको ईप्रका तुलसीपुरका प्रमुख प्रकाश सापकोटोले जानकारी दिए।उनीहरुलाई शुक्रवार साँझ मसाल जुलुस प्रदशनको क्रममा तुलसीपुरवाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।