जेष्ठ नागरिकमा मोतियाविन्दुको समस्या



सैघाली खबर
दाङ,२२ बैशाख

जेष्ठ नागरिक मध्ये अधिकांशमा मोतियाविन्दुको समस्या देखिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ ले आयोजना गरेको निशुल्क आखा शिविरमा झण्डै साढे ३ सय जनाको आखा चेकजाच भएकोमा अधिकांशमा मोतियाविन्दुको समस्या देखिएको राप्ती आखा अस्पताल रक्षाचौरका दृष्टी विशेषज्ञ ओम प्रकाश यादवले जानकारी दिनुभयो । मोतियाविन्दु भएका मध्ये ७० जनाको अप्रेशन गर्नुपर्ने देखिएको यादवाले वताउनु भयो । उनीहरुको निशुल्क अप्रेशन गर्ने व्यवस्था मिलाईएको वडा अध्यक्ष चित्र वहादुर वलीले जानकारी दिनुभयो । शिविरमा आएका मध्ये ७० प्रतिशत भन्दा वढि महिलाहरु रहेका थिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ का जेष्ठ नागरिकहरुका लागी छुट्याईएको लक्षीत वर्ग तर्फको ५० हजार रुपैयांको वजेटबाट वडा कार्यालयको आयोजनामा सञ्चालन भएको निशुल्क आखा शिविरमा साढे ३ सय जनाले सेवा लिएको वडा सदस्य सुवास डांगीले जानकारी दिनुभयो । शिविरमा राप्ती आखा अस्पतालका दृष्टी विशेषज्ञ ओम प्रकाश यादव, आखा स्वास्थ्य कार्यकर्ता टिका खड्का, पुणर् वहादुर वली, राज चौधरी समिक्षा सत्गैयां, सुदन वुढाथोकी लगायतले सेवा दिनुभएको थियो । शिविरको संयोजन जेष्ठ नागरिक वडा समितिका वरिष्ठ उपाध्यक्ष तथा शिविर सञ्चालन समितिका संयोजक केशवराज डांगीले गर्नुभएको थियो ।

आखा चेकजाच गर्नुपुर्व औपचारिक कार्यक्रम गरि शिविरको उद्घाटन गरिएको थियो । वडा नम्वर ११ जेष्ठ नागरिक वडा समितिका अध्यक्ष घनश्याम वस्नेतको अध्यक्षता, वडा अध्यक्ष चित्र वहादुर वलीको प्रमुख आतिथ्य एवं जेष्ठ नागरिक नगर समितिका अध्यक्ष ललित वहादुर वलीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा शिविर सञ्चालनका लागी महत्पुर्ण भुमिका निर्वाह गर्ने झण्डै १ दर्जन व्यक्तिहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

त्यस अवसरमा समाजसेवी तथा जेष्ठ नागरिक नगर समितिका वरिष्ठ उपाध्यक्ष तिलक वहादुर वस्नेत, राप्ती आखा अस्पताल रक्षाचौरका दृष्टी विशेषज्ञ ओम प्रकाश यादव लगायतले आफ्नो धारणा राख्नु भएको थियो । जेष्ठ नागरिक समितिका उपाध्यक्ष होताराम वस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण वडाका कर्मचारि लक्ष्मी चौधरीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्