मुख्य समाचार

पार्टी एकताका लागि आफूले बिट मारिसकेको प्रचण्डको भनाई

By थाहा अनलाइन

May 05, 2018

सैघाली खबर काठमाण्डौं,२२ बैशाख

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकताका लागि आफूले बिट मारिसकेको बताउनुभएको छ । माओवादी केन्द्रका कास्कीका कार्यकर्ताहरुलाई प्रशिक्षण दिंदै उहाँले पार्टी एकताका लागि माओवादी केन्द्र लचिलो भएर प्रस्तुत भएको बताउनुभयो ।

कार्यकर्तालाई आश्वासन दिंदै उहाँले सबै कुरा आफुले मिलाएकोले ढुक्क हुन आग्रह समेत गर्नुभयो । माओवादी अध्यक्ष प्रचण्ड जन्मस्थान ढिकुरपोखरीमा आफन्तहरुसँग भेटघाट समेत गर्नुभयो । उहाँले आफ्नो जन्मस्थानमा घर बनाउन चाहेकाले घर निर्माणका लागि जग्गा समेत तयारी गरेको बुझिएको छ ।