मुख्य समाचार

असारसम्म जिल्ला जनस्वास्थ्य कार्यालय कायमै

By थाहा अनलाइन

May 05, 2018

सैघाली खबर काठमाण्डौं,२२ बैशाख

सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताललाई असार मसान्तसम्म अहिलेकै संरचनामा रहेर काम गर्न निर्देशन दिएको छ । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. गुणराज लोहनीले सबै जनस्वास्थ्य कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र सरकारी अस्पताललाई पत्राचार गर्दै यस्तो निर्देशन दिनुभएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयलाई खारेज गर्दा उसले प्रदान गर्दै आएको सेवामा प्रभाव पर्ने भन्दै मन्त्रालयले आगामी असार मसान्तसम्मको समय थप गर्ने तयारी अघि बढाएको थियो । स्थानीय तहमा जनशक्तिको अभाव तथा जनप्रतिनिधिलाई कार्यक्रम बारे पर्याप्त जानकारी नभएकोले स्वास्थ्यका कार्यक्रममा असर पुग्ने भन्दै मन्त्रालयले समयावधि थप गरेको हो । यसअघि चैत २८ गतेदेखि सबै जिल्ला जनस्वास्थ्य कार्यालय खारेज गर्ने सरकारको तयारी थियो ।