खेलकुद

प्रथम मेयरकप भलिबल प्रतियोगिताको उपाधि मेल्लेख गाउपालिकालाई

By थाहा अनलाइन

May 05, 2018

सैघाली खबर अछाम,२२ बैशाख

अछामको मगलसेनमा सम्पन्न प्रथम मेयर कप भलिबल प्रतियोगिताको उपाधि मेल्लेख गाउपालिकाले हात पारेको छ । आज भएको अन्तिम खेलमा जयगढ बान्निगढी गाउपालिकालाई पराजित गर्दै मेल्लेखले उपाधि जितेको हो । प्रथम मेल्लेख गाउपालिकाले नगद ७१ हजार सहित कप र प्रमाणपत्र हात पारेको छ । यस्तै दोस्रो भएको जयगढले नगद ३० हजार सहित कप र प्रमाणपत्रमा चित बुझाएको छ । तेस्रो भएको तुर्माखाद गाउपालिकाले नगद २० हजार सहित कप र प्रमाणपत्र हात पारेको छ ।