सैघाली खबर
काठमाण्डौं,२२ बैशाख
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आउँदो साउन महिनादेखी सबै श्रमिकको न्यूनतम पारिश्रमिकमा बृद्धि हुने बताउनुभएको छ । आज राजधानीमा आयोजित एक अन्र्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले अहिलेको सरकार श्रमिककै सरकार भएकाले श्रम र श्रमिकको सधै सम्मान गरिने बताउनुभयो ।
आधारभूत तहका जनताको जीवनलाई माथि उठाउने अठोट सरकारले लिएको भन्दै उहाँले श्रम र सरकारलाई फरक ढंगले नबुझ्न आग्रह समेत गर्नुभयो । श्रमजीवी जनताको सरकार हो भन्ने महसुस गर्ने गरि सरकारले व्यस्थापन गर्ने उल्लेख गर्दै उहाँले आफुलाई सरकार ठानेर सरकारको अभियानमा साथ दिन सम्पूर्ण श्रमजीविलाई आव्हान गर्नुभयो ।
सामाजिक सुरक्षा कार्यक्रममार्फत सुरक्षाको प्रत्याभूति दिने सन्र्दभमा सरकारले आवश्यक व्यवस्था मिलाउदै गरेको उल्लेख गर्दै मन्त्री विष्टले आगामी एक बर्षभित्र सामाजिक सुरक्षाको कार्यक्रम सुरु गरिने स्पष्ट पार्नुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।