मुख्य समाचार

मिडियामा राज्यले सेन्सरसिप लगाउँछ भन्ने भ्रममा नपर्न सञ्चार राज्यमन्त्रीको आग्रह

By थाहा अनलाइन

May 05, 2018

सैघाली खबर काठमाण्डौं,२२ बैशाख

सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले मिडियामा राज्यले सेन्सरसिप लगाउँछ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभएको छ । पत्रकार महांसंघ काभ्रेको वार्षिक साधारणसभामा सम्बोधन गर्दै राज्यमन्त्री बास्कोटाले सरकारले सेन्ससिप लगाउँछ, मिडियामा के–के गर्छ भन्ने भ्रममा नगुम्सिन आग्रह गर्नुभयो । श्रमजिवी पत्रकारका लागि सरकारले सोचेको र बोल्नु भन्दा काम गरेर देखाउने उहाँले बताउनुभयो । श्रमजिवी पत्रकारका लागि काम गर्दा मिडियामा हस्ताक्षेप भन्न नहुने उहाँको भनाई छ ।