एन्फा, अध्यक्ष बने कर्माछिरिङ



वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् । यससँगै एन्फा औपचारिक रुपमा गणेश थापाको छत्रछायाँबाट मुक्त भएको छ ।

 

तर, एन्फामा उनको हालीमुहाली कायमै रह्यो । उनले चाहेका पात्रहरु नै एन्फाको नेतृत्वमा पुगे । यो पटक पनि उनले मणि कुँवरलाई अघि सारेका थिए ।

मणि कुँवर गणेशका आफ्नै सालो हुन् । तर, एन्फामा शुद्धीकरण अभियान चलाएका कर्माछिरिङले प्रत्यक्षरूपमा कुवँरलार्इ हराएको देखिए पनि खासमा यो लडाइ गणेश थापासँगै थियो ।

कुँवरले अन्तिम समयमा आएर विधानसम्मत नभएको भन्दै चुनाव बहिस्कारको घोषणा पनि गरे  । तर, निर्वाचन कमिटीले समय घर्किसकेको भन्दै उनको उम्मेदवारी फिर्ता स्वीकार गरेन र चुनाव गरायो ।

शनिबार भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार कर्माछिरिङले ६३ मत पाएका छन् भने कुँवरले जम्मा १२ मत पाए ।

केन्द्रीय कार्यसमितिमा सबै कर्माछिरिङ समूहबाटै बिजयी भएका छन् । चार उपाध्यक्षमा क्रमशः पंकजविक्रम नेम्वाङ, वीरबहादुर खड्का, कृष्ण थापा र उपेन्द्रमान सिंह विजयी भएका छन् ।

११ जना कार्यसमिति सदस्यहरू पनि कर्मा समूहबाटै बिजयी भएका छन् । सदस्यमा दावा लामा, निरोज खड्की, पूर्णमान चित्रकार, रविन्द्रनाथ श्रेष्ठ, मधुसुधन उपाध्याय, प्रदेश सिंह राठोर, दिवेश व्यञ्जनकार, दिर्घबहादुर केसी, विजय घले, रत्नकुमार श्रेष्ठ र किरण रार्इ विजयी भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्