दाङमा ३३ प्रतिशत मतदाता वितरण



असार ११ , दाङ । आईतवार देखी दाङ लगाएत देशभरै एकैसाथ सुरु गरिएको मतदाता परिचय वितरणको पहिलो दिन दाङमा ३३ प्रतिशत मतदाता परिचय पत्र विरतण गरिएको छ ।bisnu-paudel 2

जिल्ला निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुवरका अनुसार आज विहान ७ वजे देखी वेलुका ५ सम्म जिल्लाका ३ सय ५१ मतदान स्थलहरुमा गरिएको परिचय पत्र वितरणमा ९६ हजार ८७ जना लाई परिचय पत्र वितरण गरिएको छ । १३ गते मंगलवार संञ्चालन हुने परिचय पत्र वितरणमा जिल्लामा १ लाख ४३ हजार ४ सय ५४ पुरुष र १ लाख ७ हजार ७ सय १७ महिला गरी २ लाख ९१ हजार १ सय ७० मतदाता लाई मतदाता परिचय पत्र वितरण गरिने छ ।

मतदाता परिचयपत्र लिन जाँदा मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर स्वयं जानुपर्नेछ। नागरिकता, सवारी चालक अनुमतिपत्र, पासपोर्ट वा अन्य कुनै सरकारी परिचयपत्र देखाएर मतदाता परिचयपत्र पाउन सकिनेछ।
परिचय पत्र वितरणमा मतदान स्थलमा जान नसक्ने ज्येष्ठ नागरिक, सुत्केरी, अपांगता भएका व्यक्ति, अशक्तहरूको मतदाता परिचय लिनका लागि लाइनमा बस्न नपर्ने वा घरपरिवारका सदस्यले लैजान सक्ने व्यवस्था मिलाएको सुचना अधिकारी कुवरले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्