अमेरिकामा गयो शक्तिशाली भूकम्प



संयुक्त राज्य अमेरिकाको हवाई प्रान्तमा ६ दशमलब ९ रेक्टर स्केलको भूकम्प गएको छ । मापनको आधारमा यो स्केलको भूकम्प शक्तिशाली मानिन्छ ।

भूकम्पको धक्काबाट केहि घरहरुमा क्षति पुगेको छ ।

यो ४३ वर्ष यताको सबैभन्दा शक्तिशाली भूकम्प हो । अमेरिकी भौगर्भिक सर्वेक्षण विभागका अनुसार शुक्रबार दिउँसो १२ः३३ मा हवाईको बिगल्यान्डस्थित किलाउइया केन्द्रबिन्दु रहेको भूकम्प गएको हो।

बढि ज्वालामुखी निस्कने क्षेत्र मानिने सो ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएकोले सो क्षेत्रमा ज्वालामुखी फुटेर लाभा निस्किएको बताइएको छ ।

बस्ती, सडक तथा जंगल लगायतका क्षेत्रमा पनि जमिन चिरिएर लाभा तथा सल्फरडाइ अक्साइड ग्यास बाहिर निस्किएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।

ज्वालामुखीले २ वटा घर भत्किएका छन् भने त्यहाँ रहेका नेपालीहरुको अवस्थाको बारेमा केहि जानकारी प्राप्त भएको छैन । परराष्ट्र मन्त्रालयका अनुसार उक्त ठाउँमा कति नेपाली थिए भन्नेबारे पनि एकिन हुन सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्