नेपाल यातायात स्वतन्त्र मजदुरको अध्यक्षमा भण्डारी



सैघाली खबर,
तुलसीपुर २३ बैशाख ।

अधिबेशनले तुलसीपुर स्तरीय कार्यसमिति चयन गरेको छ । केशव भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा काली बहादुर योगी, सचिवमा तारा बहादुर बस्नेत, कोषाध्यक्षमा खिम बहादुर डाँगी, सहसचिवमा केशव राम्जा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा झरेन्द्र केसी,लाल बहादुर गिरी, कृष्ण बुढाथोकी, विशाल केसी, गिरदल नेपाली, बामदेव न्यौपाने, कमल चन्द, रमेश घर्ती, प्रकास भण्डारी र गोपाल बुढाथोकी चयन भएका छन् । यस्तै कमिटिको सल्लाहकारमा यज्ञ बहादुर वुढाथोकी, अम्मर बहादुर डाँगी, रामचन्द्र बस्नेत,दिनेश अर्याल, चुडा बहादुर विक, दिपक वुढाथोकी र सर्वणराज भण्डारी चयन भएका छन् । संघिय संरचना अनुसार कमिटि गठन गरीएको हो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्