प्रकाउ परेका यातायात समितीका पदाधिकारी तथा कर्मचारी रीहा



 

सैघाली खबर,
घोराही २३ बैशाख।
पक्राउ परेका यातायात व्यवसायी समितिका पदाधिकारी तथा कर्मचारीलाई दाङ प्रहरीले रीहा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सिन्डिकेट खारेजीको विरोधमा यातायात हड्ताल गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र कर्मचारी गरी ७ जनालाई शुक्रवार प्रहरीले विभिन्न स्थानबाट प्रकाउ गरेको थियो।

पक्राउ परेका राप्ती अञ्चल सार्वजनिक यातायात व्यावसायी समिती घोराहीका सदस्य रामचरण ओली,समितिको दुर्घटना प्रमुख गणेश पाण्डे,स्वर्गद्धारी टिप्पर व्यावसायी समिति घोराही दाङका दुर्घटना प्रमुख रबिन्द्र कुमार बराल, तुलसीपुर जिप तथा मिनी माईक्रो बस व्यवसाय समितिका उपाध्यक्ष डिल्ली भण्डारी, राप्ती अंचल सार्वजनिक यातायात व्यवसाय समितिका कर्मचारी कृष्ण के।सी।, मोहन पुरी र सिताराम शर्मालाई कबुलियतनामा कागज बनाएर अब यस्तो नगर्ने सर्तमा छोडिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।उनीहरु सबैलाई शनिबार साझ छोडिएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्