शर्त मान्ने यातायात ब्यबसायी छुटे, नमान्ने बिरुद्ध यस्तो छ कारवाही ।।



सैघाली खबर/काठमाण्डौँ, २३ बैशाख।
पक्राउ परेका यातायात ब्यवसायी छुट्न थालेका छन् । यातायात जस्तो अत्यावश्यक सेवामा हडताल गरेको अभियोगमा पक्राउ परेका उनिहरुलाई हड्ताल गर्दिन भन्ने कागजमा सही गर्दै छुटेका छन् । अब हडताल नगर्ने शर्तमा उनीहरु छुटेका हुन् । सिन्डिकेटको पक्षमा आन्दोलनका क्रममा पक्राउ परेका, तर अब नियम कानुन अनुसार नै चल्ने सहमति गरेका व्यवसायी रिहा हुन थालेका प्रहरीले जनाएको छ ।

देशभरबाट पक्राउ परेकामध्ये ५० जना बिभिन्न ठाउँबाट रिहा भएका प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए । शुक्रबार सार्वजनिक गाडी नचलाएर आन्दोलनमा उत्रेका एक सय भन्दा धेरै व्यवसायी पक्राउ परेका थिए । तीमध्ये कानुन बमोजिम चल्छु र आइन्दा हडताल गर्दिन भन्नेलाई कागज गराएर रिहा गर्न थालिएको न्यौपानेले बताए ।

कागज गर्न नमान्ने व्यवसायीको बारेमा भने अनुसन्धान गर्ने र कानुन अनुसार कारबाही गर्ने प्रहरी प्रवक्ता न्यौपानेले जनाएका छन् । सरकारले अत्यावश्यक सेवा ठप्प पार्नेलाई एक वर्षको कैद सजाय र एक हजार रुपैयाँ जरिवाना हुने बताइसकेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्