स्वस्थ तथा मजबुत दाँत कसरी बनाउने ?



सैघाली खबर,
स्वस्थ शरीरका लागि स्वस्थ दाँत आवश्यक छ । स्वस्थ दाँतले स्वास्थ्यलाई मात्र नभई लुक्सलाई समेत प्रभावित तुल्याउँछ । त्यसैले दाँत स्वस्थ राख्न दाँतको नियमित सफाइ जरुरी छ ।

हरेक व्यक्तिको दाँत सफा गर्ने आ(आफ्नै तरिका र शैली हुन्छन् तर दात सफा गर्दा ब्रसको प्रयोग गर्ने तरिका भने प्रायः सबैको एउटै हुन्छ । मानिसहरूले दाँतलाई सही तरिकाले सफा गर्न नजान्दा मानिसहरूले सही तरिकाले दाँत सफा नगर्ने चिकित्सकहरूको भनाइ छ । चिकित्सकहरूका अनुसार प्रत्येक दिन दाँत सफा गर्दा जिव्रोको समेत सफाइ गर्नुपर्छ ।

 

 

चिकित्सकहरूका अनुसार प्रत्येक दिन दाँत सफा गर्दा दिनमा कम्तीमा पनि दुई पटक दाँतको ब्रस गर्नुपर्छ । दाँत ब्रस गरेपछि नुनपानीले कुल्ला गर्नुपर्छ । दाँतमा सही तरिकाले ब्रस गर्नु भनेकै दाँतको सुरक्षा गर्नु हो ।

दाँतको सफाइ

दाँतको सफाइ जुनसुकै समयमा गर्न सकिन्छ । चिकित्सकहरूलाई आधार मान्ने हो भने दिनमा कम्तीमा दुई मिनेट ब्रस गर्नु पर्दछ ता कि मुखभित्रको सतहबाट प्लेगको किटाणु बाहिर निकाल्न सकियोस् । यसको सफाइले दाँतको क्षतिसमेत कम हुने गर्दछ ।

ब्रस गर्दा कस्तो टुथपेस्ट छान्ने

लगातार ब्रस गर्दा समेत ब्रसमा खराबी आएको छैन भने पनि एउटा ब्रस प्रयोग गरेको छ महिनापछि उक्त ब्रस तुरुन्तै बदल्नुपर्छ । बजारमा विभिन्न आकार तथा लम्बाइका ब्रस पाइन्छन् । चिकित्सकहरू २५ दशमलव ५ देखि ३१ दशमलव ९ मिलिमिटर लम्बाइको तथा ७ दशमलव ८ देखि ९ दशमलव ५ मिलिमिटर चौडाइ भएको टुथब्रश किन्ने सल्लाह दिन्छन् ।

कतिबेला भेट्ने चिकित्सकलाई 

लगातार दाँतको सफाइ गर्दागर्दै पनि दाँतमा कालो, पहेलो दाग देखिएमा, दाँतमा खाना अड्किएमा , चिसो वा तातो खाँदा दाँत सिरिङ्ग भएमा तुरुन्तै दन्त चिकित्सकलाई देखाउनुपर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्