मानव अधिकार टोली दाङमा



असार ११, दाङ । राष्ट्रिय मानव अधिकार आयोगको टोली दाङ आई पुगेको छ ।आसन्न स्थानिय तहको निर्वाचनको अनुगमन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय टोली आईतवार दाङ आईपुगेको हो ।Human-Rights-in-Nepal.jpeg 2

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगंज , वाँकेकी प्रमुख द्वारिका अधिकारी सहितको टोली दाङ आईपुगेको हो । निर्वाचनका क्रममा हुन सक्ने मानव अधिकार उलङघनका घटनाहरु हुन सक्ने भन्दै टोली हुन सक्ने घटना न्युनिकरण तथा निर्वाचन अनुगमनका लागि दाङ आईपुगेको अधिकारीले जानकारी दिनुभयो । आईतवार नै दाङ आईपुगेका टोलीले दाङको राप्ती गाँउपालिका र बबई गाँउपालिकाको रहेका मतदान स्थलहरुको अनुगमन गरेको छ । अुनगमनका क्रममा मतदान स्थलहरु सुरक्षित , सुरक्षाकर्मि परिचालन गरिएको पाईएको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्