आइतबार विदेशी मुद्राको मूल्य बढ्यो



सैघाली खबर,
काठमाडौं २३ बैशाख । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६१ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ३० पैसा र विक्रिदर २९ रुपैयाँ ४७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ०४ पैसा र विक्रिदर २९ रुपैयाँ २३ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २३ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९१ पैसा र विक्रिदर ९ रुपैयाँ ९७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५४ रुपैयाँ ०८ पैसा छ भने विक्रिदर ३ सय ५६ रुपैयाँ ०७ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८२ रुपैयाँ ९१ पैसा र विक्रिदर २ सय ८४ रुपैयाँ ५० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्