आकर्षक बिज्ञापनमा ठगिदै सर्बसाधारण ।।



सैघाली खबर/काठमाण्डौँ, २३ बैशाख।
नाम चलेका र ठूला भनिएका पत्रिकाहरुमा दैनिकजसो ‘अर्जेन्ट’ र ‘आवश्यकता’ भनिएका थुप्रै बिज्ञापनहरु प्रकाशित हुन्छन् । संख्या तोकेर दिइएका सबैजसो विज्ञापनमा कामको प्रकृति पनि एउटै खालको देखिन्छ । डिस्प्ले वर्गीकृत विज्ञापनमा अफिस रिसेप्सनिष्ट, कुक वेटर, सेक्युरिटी गार्ड, डाटा इन्ट्रीदेखि सेल्समेन तथा मार्के्टिङ् सम्मका रोजगार तू पाइने भनेर लेखिएका हुन्छन् ।

कर्मचारी आवश्यकता, नो इन्टरभ्यू । शतप्रतिशत रोजगारीको ग्यारेन्टी । पार्टटाइम, फुलटाइम, अफिस भित्र र घरैमा बसेर काम गर्न सकिने । पढे नपढेका गृहिणी जो कोहीले पनि काम गर्न मिल्ने । तलब न्यूनतम ७ देखि अधिकतम् ४० हजार रुपैयाँसम्म ।’ सडकमा रहेका बिजुलीका पोल र पर्खालहरु पनि अहिले यस्तै खालका विज्ञापन उल्लेखित पर्चा पम्प्लेटले रंगिएको देख्न सकिन्छ ।

एउटै पर्चामा झण्डै दुईसय जनासम्मको रोजगारीको अवसर उल्लेख छ । रोजगारीको खोजीमा बिभिन्न ठाउँमा भौतारिँएका युवायुवतिहरु फोनको सहाराबाट कार्यालय सम्म पुग्छन् । त्यहाँ पुगेपछि उनिहरुलाई फर्म भर्न लगाईन्छ । त्यसपछि त्यहाँ रहेका केहि मानिसले घरमै बसीबसी पैसा कमाउने उपाय सिकाउँदै ‘न्युनतम २० हजार राम्रो काम गरे ५०/६० हजार रुपैयाँसम्मै कमाइने बताउछन् ।

चार/पाँचघण्टा काम गर्दा ५ हजार शब्द टाइप गर्न सकिने र त्यसबापत कम्तीमा पनि मासिक ३०० अमेरिकी डलर (झण्डै ३० हजार) कमाइ हुने प्रलोभन उनिहरुले देखाउँछन् । त्यसकोलागि गुगल अकाउन्ट खोल्दा हालिने क्याप्चा अक्षरहरु जस्तै टाइप गर्नुपर्ने हुन्छ । काम सुरु गर्दा सफ्टवेयर किन्नुपर्ने र त्यसका लागि ३ हजार रुपैयाँ तिर्नुपर्ने उनिहरुको नियमै हुन्छ ।

तर त्यहाँ जति टाइप गर्दा पनि केही देखिदैन । पैसा कमाउने आशामा मिहेनतका साथ टाईप गरिरहेकाहरुलाई आफुहरु ठगिमा परेको कुरा थाहा सम्म पनि हुदैन आफुह । किनकि उनिहरुले सबै प्रक्रिया पु¥याए जसरि काम गरिरहेका हुन्छन् । त्यसैले धेरै पछि मात्रै आफुहरु ठगिमा परेको थाहाँ पाउने पिडितहरु बताउछन् । आफुहरु ठगिमा परेको कुरा थाहाँ पाएपनि ३/४ हजार को लागि उजुरि दिन नगएको पिडितहरु बताउछन् ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुका अनुसार यस्ता साना रकम ठगिएकाहरु उजुरी गर्न कम आउने गर्दा विज्ञापन देखाएर ठगी गर्नेहरुलाई कारवाही गर्न नसकिएको हो । अपराध महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले पत्रपत्रिका र पर्चा पम्प्लेट बनाएर रोजगारीको लोभमा ठगी गर्नेहरुलाई आफूहरु कारवाही गर्न तयार रहेको भन्दै उनले जस्तोसुकै ठगीमा परेपनि उजुरी दिन आग्रह गरेका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्