प्रदेश ३

आकर्षक बिज्ञापनमा ठगिदै सर्बसाधारण ।।

By थाहा अनलाइन

May 06, 2018

सैघाली खबर/काठमाण्डौँ, २३ बैशाख। नाम चलेका र ठूला भनिएका पत्रिकाहरुमा दैनिकजसो ‘अर्जेन्ट’ र ‘आवश्यकता’ भनिएका थुप्रै बिज्ञापनहरु प्रकाशित हुन्छन् । संख्या तोकेर दिइएका सबैजसो विज्ञापनमा कामको प्रकृति पनि एउटै खालको देखिन्छ । डिस्प्ले वर्गीकृत विज्ञापनमा अफिस रिसेप्सनिष्ट, कुक वेटर, सेक्युरिटी गार्ड, डाटा इन्ट्रीदेखि सेल्समेन तथा मार्के्टिङ् सम्मका रोजगार तू पाइने भनेर लेखिएका हुन्छन् ।

कर्मचारी आवश्यकता, नो इन्टरभ्यू । शतप्रतिशत रोजगारीको ग्यारेन्टी । पार्टटाइम, फुलटाइम, अफिस भित्र र घरैमा बसेर काम गर्न सकिने । पढे नपढेका गृहिणी जो कोहीले पनि काम गर्न मिल्ने । तलब न्यूनतम ७ देखि अधिकतम् ४० हजार रुपैयाँसम्म ।’ सडकमा रहेका बिजुलीका पोल र पर्खालहरु पनि अहिले यस्तै खालका विज्ञापन उल्लेखित पर्चा पम्प्लेटले रंगिएको देख्न सकिन्छ ।

एउटै पर्चामा झण्डै दुईसय जनासम्मको रोजगारीको अवसर उल्लेख छ । रोजगारीको खोजीमा बिभिन्न ठाउँमा भौतारिँएका युवायुवतिहरु फोनको सहाराबाट कार्यालय सम्म पुग्छन् । त्यहाँ पुगेपछि उनिहरुलाई फर्म भर्न लगाईन्छ । त्यसपछि त्यहाँ रहेका केहि मानिसले घरमै बसीबसी पैसा कमाउने उपाय सिकाउँदै ‘न्युनतम २० हजार राम्रो काम गरे ५०/६० हजार रुपैयाँसम्मै कमाइने बताउछन् ।

चार/पाँचघण्टा काम गर्दा ५ हजार शब्द टाइप गर्न सकिने र त्यसबापत कम्तीमा पनि मासिक ३०० अमेरिकी डलर (झण्डै ३० हजार) कमाइ हुने प्रलोभन उनिहरुले देखाउँछन् । त्यसकोलागि गुगल अकाउन्ट खोल्दा हालिने क्याप्चा अक्षरहरु जस्तै टाइप गर्नुपर्ने हुन्छ । काम सुरु गर्दा सफ्टवेयर किन्नुपर्ने र त्यसका लागि ३ हजार रुपैयाँ तिर्नुपर्ने उनिहरुको नियमै हुन्छ ।

तर त्यहाँ जति टाइप गर्दा पनि केही देखिदैन । पैसा कमाउने आशामा मिहेनतका साथ टाईप गरिरहेकाहरुलाई आफुहरु ठगिमा परेको कुरा थाहा सम्म पनि हुदैन आफुह । किनकि उनिहरुले सबै प्रक्रिया पु¥याए जसरि काम गरिरहेका हुन्छन् । त्यसैले धेरै पछि मात्रै आफुहरु ठगिमा परेको थाहाँ पाउने पिडितहरु बताउछन् । आफुहरु ठगिमा परेको कुरा थाहाँ पाएपनि ३/४ हजार को लागि उजुरि दिन नगएको पिडितहरु बताउछन् ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुका अनुसार यस्ता साना रकम ठगिएकाहरु उजुरी गर्न कम आउने गर्दा विज्ञापन देखाएर ठगी गर्नेहरुलाई कारवाही गर्न नसकिएको हो । अपराध महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले पत्रपत्रिका र पर्चा पम्प्लेट बनाएर रोजगारीको लोभमा ठगी गर्नेहरुलाई आफूहरु कारवाही गर्न तयार रहेको भन्दै उनले जस्तोसुकै ठगीमा परेपनि उजुरी दिन आग्रह गरेका छन् ।।