प्रदेश ६

अज्ञानताले महिलामाथिको हिसां बढ्दै, छोरा नपाउदा कुटिनुपर्यो बिसरा ।।

By थाहा अनलाइन

May 06, 2018

सैघाली खबर/डोल्पा, २३ बैशाख। डोल्पामा छोरा नपाएको भन्दै आफ्नै श्रीमानबाट कुटिदा बिसरा रोकाय गम्भीर घाईते भएकि छिन् । जिल्लाको ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने कुमार शाहीको कुटपिटबाट बिसरा गम्भीर घाइते भएकी हुन् । वैशाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

पतिको कुटपिटबाट बेहोस भएकी विसराको जुफालस्थित मेडिकलमा उपचारपश्चात् होस खुलेको थियो । दायाँ आँखामा लागेको घाउमा तीन टाँका लगाइएको मेडिकल सञ्चालक बुद्धिबहादुर धरलाले बताएका छन् ।

घाइते रोकाय उपचार पश्चात होसमा आएपछि विमानस्थल सुरक्षार्थ बसेको प्रहरी चौकीमा श्रीमानले आफूलाई यातना दिइरहेकाले ज्यान जोगाइदिन आग्रह गरेकि छिन् । गरिबी र अशिक्षाका कारणले गर्दा हिमाली जिल्ला डोल्पामा महिलामाथि हुने घरेलु हिंसा बढ्दै गएको छ ।।