उद्यमशिल बन्दै युवाहरु



 

दिपक बोहरा, तुलसीपुर २३ बैशाख ।

युवाहरु भबिष्य खोज्दै खाडी मुलुक पुग्छन् । भबिष्यकै खोजीमा कति युवाहरु नेपालमै भौतारिरहेका छन् । योग्यता अनुसारको रोजगार पाउन युवाहरुका लागि ठुलै संघर्ष गर्नुपर्छ । जसले गर्दा पनि युवाहरु भौतारिनु पर्ने अबस्था छ । भने रोजगारको शिलशिलामा बिदेश जाने युवाहरुको संख्या झन झन बढ्दै छ । तर केही युवाहरुले तुलसीपुरमै भबिष्य खोजि रहेका छन्, यस क्षेत्रबाट समृद्धिको सपना देखेका छन् । आफ्नै गाउँ, ठाउँमासीप र क्षमता नेपालमै प्रयोग गरेमा मनग्य आम्दानी गर्न सकिन्छ, भन्ने बिश्वासका साथ युवाहरुले गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका छन् । केही युवाहरुको संयुक्त पहलमा तुलसीपुर उपमहानगरपालिका ५ नयाँबसपार्कबाट डिबि फेसन गार्मेन्ट उद्योग प्रालि सञ्चालनमा ल्याईएको छ । तुलसीपुरमा आधुनिक, ईलेक्ट्रिोनिक मेसिनहरु प्रयोग गरेर कपडाहरु बनाउने बिरलै उद्योगहरु छन् । आधुनिक मेसिनहरुको प्रयोग गरेर कपडा निर्माण गर्ने एउटा उद्योग हो, डिबि फेसन हावस । जहाँ कन्साई, बाटिक, ओभरलक, रबर प्रिन्टिङ मेसिन,जुक्कि मेसिनहरुबाट कपडा निर्माण गरिन्छ । तुलसीपुरका युवा प्रकाश वलीसहित दिपेन्द्र भण्डारी, जय बहादुर वलीको टिमले उक्त उद्योग सञ्चालनमा ल्याएको करिब डेढ बर्ष हुन लाग्यो । जहाँ फेन्सी आईटम, स्कुल, कलेज, क्लबहरुका ड्रेसहरु निर्माण गरी होलसेल तथा थोकमा बिक्रि वितरण गरिन्छ । साथै अन्य कुनै कार्यका लागि डे«स आबश्यक परेमा समेत सम्पर्क गर्न सकिने उद्योगका म्यानेजिङ डाईरेक्टर प्रकाश वलीले बताए ।‘तुलसीपुरमा आधुनिक मेसिनबाट कपडाहरु निर्माण गर्ने एक मात्रै उद्योग हाम्रो हो’ उनले भने‘ हामीले जुनसुकै स्कुल, कलेज, क्लबलगायत आबश्यक डे«ेस तयार पारेर बिक्रिबितरण गर्दै आएका छौं ।’

करिब २४ लाख लगानीमा सञ्चालनमा ल्याईएको उक्त उद्योगले अहिले २० जना महिला तथा पुरुष कामदारहरुलाई रोजगार दिन सफल भएको छ । ‘अहिले हामीले २० जना महिला तथा पुरुषहरुलाई रोजगार दिन सफल भएका छौं’ उनले भने‘ उद्योग मार्फत अझै धेरै जनाको रोजगार सृजना गर्ने लक्ष्य लिएका छौं ।’ योग्यता अनुसार रोजगार नपाएका धेरै युवाहरुलाई रोजगार दिलाउने लक्ष्य रहेको उनको भनाई छ । अबको केही समयमा एक सय जना युवालाई रोजगार दिलाउने लक्ष्य रहेको उनले बताए ।

बिरोजगारी समस्या न्यूनिकरण गर्नुका साथै बजारमा देखिएको कालोबजारी, मूल्य अनियमिततालाई अन्त्य गर्ने लक्ष्य रहेको उनको भनाई थियो । ‘पछिल्लो समय बजारमा कालोबजारी बढ्दै गईरहेको छ’ उनले भने‘यसलाई अन्त्य गर्न आबश्यक छ ।’ उनले थपे‘ कालोबजारीले उपभोक्ताहरु प्रत्यक्ष मारमा परिरहेका छन्, यसलाई अन्त्य गर्न हामीले उद्योग सञ्चालनमा ल्याएका हौं ।’ स्थानीय स्तरमै उत्पादन गरी गुणस्तरीय कपडा बजारमा लैजाने लक्ष्य रहेको उनको भनाई छ ।

उनले कपडाको गुणस्तरीयतालाई बिशेष ध्यान दिने बताए । अहिले बजारमा आएका कपडाको उत्पादन दर र बिक्रि गर्ने दरमा दोब्बर फरक पर्ने भन्दै आफुले उत्पादन गरेका कपडामा उत्पादन दर र बिक्रि गर्ने दरको ठुलो अन्तरलाई कम गर्ने बताए । ‘अहिले बजारमा आएका कपडाहरुको उत्पादन दर र बिक्रि गर्ने दरमा आकाश पातलको फरक छ’ उनले भने‘यसलाई अन्त्य गर्ने उदेश्य लिएका छौं ।’ ग्रहाकबर्गमा चर्को मूल्यले परेको मारलाई ध्यानमा राखेर उद्योग सञ्चालनमा ल्याएको वलीको भनाई छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न पनि उद्योगले महत्वपूर्ण भूमिका निर्बाह गर्ने तर्क गरे । उद्योग नाफामूखी नभई स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुका साथै उद्यमशीलताको बिकास गर्नु, रोजगारी शिर्जनगर्नु आफ्नो उदेश्य रहेको उनको भनाई थियो । अहिले सम्म सरकारले उपलब्ध गराएको कुनै पनि अनुदान नपाएको समेत उनले बताए । उपभोक्तामा परेको प्रत्येक्ष मारलाई ध्यानमा राखेर उद्योग सञ्चालन गरेको भन्दै उनले समाजसेवालाई जोड दिएको बताए । बिद्यार्थी नेता समेत रहेका वलीले अब समाजसेवालाई जोड दिने बताए । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका जिल्ला आयोजक कमिटि सदस्य तथा राप्ती ववई क्याम्पस ईकाई अध्यक्ष वलीले बिद्यार्थी राजनीतिसंगै सामाजिक कामलाई अगाडि बढाएका छन् ।

युवाहरु जागरुक नहुँदा सम्म मुलुक समृद्ध बन्न नसक्ने भन्दै उनले परिबर्तन आफैबाट शुरु गर्नुपर्ने बताए । युवा पुस्ताबाट धेरैले आशा गरेको भन्दै उनले आर्थिक समृद्धिका लागि युवाहरु उद्यमतर्फ लाग्नुपर्ने उनको तर्क छ ।‘युवापस्ताबाट अघिल्लो र पछिल्लो पुस्ताले निकै आश गरेको छ’ उनले भने‘त्यसैले पनि युवाहरुनै आर्थिक समृद्धिका लागि जागरुक हुनुपर्छ ।’ युवाहरुले भाषणमा मात्रै नभई काममा परिणत गर्न सक्नुपर्ने उनको भनाई छ । पछिल्लो समय धेरै युवाहरु बेरोजगार भएर भौतारिरहेका छन्, त धेरै युवाहरु कामको खोजी गर्दै बिदेश गईरहेका छन् । बिदेशमा पनि भने जस्तो काम नपाउने, भने जस्तो तलब नपाउँने समस्या छ । यसले गर्दा आफु जस्तै धेरै युवाहरुले दुःख पाईरहेको भन्दै युवाहरुको हितका लागि उद्यम सञ्चालनमा ल्याएको उनको भनाई छ । उनले आफुजस्तै धेरै उद्यमीहरुबाट पाठ सिकेर आफ्नै गाउँठाउँमै केही न केही उद्यम गर्न सकिने बताए । ‘युवाहरुनै बिदेश पलायन हुँदा स्वदेशमा खेतीयोग्य जमिन बाँझै रहने गरेको छ’उनले भने‘तर त्यही जग्गामा हामीले सदुपयोग गर्न सक्यौ भने बिदेश जतिकै पैसा नेपालमा पनि कमाउन सकिन्छ ।’ युवाहरुलाई यस्तो कुराको जानकारी दिन आबश्यक रहेको उनको भनाई छ ।

 

((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्