गोविन्द खड्का,
घोराही २३ बैशाख।
खेतहरुको बिचमा यातायातका साधनको लर्को लागेको दृश्य घोराही १७ गैह्रगाउ“मा दिनहु“ जसो देख्न पाईन्छ । कौतुहलता जगाउने गरी मानिसहरुको पस्ने र फर्किने क्रमको कारण बारीमै पाईने जुस मोहले हो ।
बाटोको किनारामा टिनको छाप्रो छ । सबैतिर ओसिला खेतहरु छन् त्यसैले धुलो धुवा“ खास्सै उड्दैन । शुद्धतामा भरोसा जगाउ“छ । जुस पेल्ने मेशिन पनि बाहिरै छ । त्यसलाई झुलले पुरै मोडिएको छ । त्यसले सरसफाइमा विश्वास जगाउ“छ । माहुरी, झिंगा वा अन्य केहिले पनि छुन पाउ“दैन । साना वोतलमा नुन पिधेर भरीएको हुन्छ बोतल बाट टक्टक्याउने हो कसैले हात हाल्नु पदैन । प्लाष्टिकका गिलास छन् खायो फाल्यो, नधोएको वा फोहर गिलास भनेर संका गर्ने ठाउ“ छैन । त्यसैले होला दिनभरी जुस खानेहरुको भिड लाग्छ । पैल्नेलाई भ्याई नभ्याई हुन्छ ।
हरिद्धार कार्यक्रममा गएका घोराही उपमहानगरपालिकाका प्रशासन शाखा अधिकृत सुवोध रेग्मी र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका गजेन्द्र बहकरी घुम्दै गैहागाउ“ पुग्नुभयो । उहाहरु दुई दुई गिलास उखुको जुस खाएर घर फर्किनुभयो । ‘चालिस रुपैयाको चिसो खानुभन्दा यो कैयौ गुणा फाईदा छ’ दुबैजनाको भनाई थियो, ‘जुठो गिलास वा अरु केहि मिसाएको भन्ने पनि पिर पनि छैन ।’ उहाहरु जस्तै साइकल, मोटर साईकल र गतिला कार चढेकाहरु बजार बाट जुस खान जान्छन् । धारापानी तिर्थयात्रामा गएकाहरु पनि जुस पिएरमा आराम गर्दै फर्किन्छन् ।
न्यु दर्शन साईवर चलाएर घोराही बजारमा बस्ने दुईखोली गाउ“पालिका एक का डम्बर बुढालाई २०७३ मंसिरमा नया“ व्यवसाय गर्ने भुत सवार भयो । साईवर चलेपनि झन्जटिलो पेशा थियो । अनेक थरीका समस्या आउ“थे । बुढालाई खेति किसान नै उपयुक्त पेशा लाग्यो, बैशाख देखिनै उखु खेति थाल्नुभयो । केहि वर्ष अघि देखि उखु खेतिका लागि चर्चामा रहेको गैहगाउको जग्गा भाडामा भेटियो ।
पढ्दै गर्दा २०५६ सालमा प्रहरीले बुढालाई नेपाल राष्टिय माध्यमिक विद्यालय चुनवाङ रुकुम बाट गिरफ्तार गरेको थियोे । एस एलसि समेत दिन नपाएपछि बुढा विद्यार्थीको जिम्मेवारी सम्हाल्दै माओवादी जन युद्धमा होमिनुभयो । युद्धको आवश्यकता र बुढाको क्षमताले साहित्य क्षेत्रमा डो¥यायो । छोटै समयमा माओवादि भित्रको कला साहित्यको सर्बोच्च निकाय सामना परिवारमा पुग्नुभएको थियो । पार्टिको क्षेत्रीय व्युरो सादस्य सहित शान्ति स्थापना सगै बाहिरीनुभयो ।
बुढका अनुसार उस बेलाका दुःख पिडा आशुको भाषाले व्यक्त गरी नसक्नु छन् । ‘हिजोको पिर व्यवथा दुःखले त पिर बनाउ“छ । आशुले पनि कथा बताउन सक्दैन’ बुढाले थप्नुभयो ‘आजकाल हेर्दा केहि गुणासो छैन ।’ उसबेला दैनिक सैयौ मान्छेहरुले बुढाको कलावाट रस लिन्थे । कलाकार क्षेत्रमा विप्लव भनेपछि निकै स्थापीत नाम थियो । अभियनयले झन् हरेक व्यंग्य सा“च्चै जस्ता बनाउथे ।
त्यहि क्षमता, कला र विचार अहिले उखु जुसमा प्रयोग भएको छ । आ“खा रसाउने कला क्षेत्र बाट हराएको कलाकार घाटि रसाउने जुस पिलाई रहेको छ । दैनिक दुई देखि चार सय जतिले जुस खाने गरेको बुढाले जानकारी दिनुभयो । उहीले बासुरी, मादल बोकेर जनक्रन्ति भन्ने विप्लव अहिले जुस पेल्नुलाई पनि क्रान्ति भन्नुहुन्छ । युगले मागेको क्रान्ति । उहाको परिभाषामा समृद्धि नै क्रन्ति हो । शुद्ध उखुको जुसले जण्डिस लगाएतका विरामी सन्चो बनाउछ ।
उहा“ सहित जनक बुढा र धनबहादुर श्रेष्ठ तिन जनाको संयुक्त लगानीमा करिब तिन विघाह जग्गामा उखु खेति थालिएको छ । यस बर्ष देखि जुस पेल्ने मेशिन ल्याएर बारीको उखु उपयोग गरीएको छ । यसमा सहित १५ लाख जति लगानी भएको बताईएकोछ । यसले बुढालाई सामुहिकता एवं समाजवादको अभ्यास गराएको छ । तिनै जनाको जागर, सिप र पैसा लगानी भएको छ त्यसले खेतिपाती राम्रो बनाएको छ । व्यवहारमा ईमान्दारीता देखाएकैले व्यवसाय फस्टाएको छ ।
अहिलेको सरकार फाटेको जा“ग हो । विप्लवका अनुसार यो भन्दा गतिलो सत्ता जनताले चाहेका छन् । आफु भने क्रान्तिका लागि मैदनमा उत्रिने अबस्था छैन । व्यवसाय गर्ने त्यहि कमाईबाट क्रान्तिमा सहायता दिने विप्लवको योजना छ । परिवर्तनका पक्षधरहरुमा साथ सहयोग र समर्थन रहन्छ ।
बारीमा पुराना उखु काट्दै गर्दा नया पलाउदै रहन्छ, अहिले भएको काटेर सकिदैछ । ‘एक दम धेरै माग छ । पर्तिु गर्न दाया“ वाया“ गर्नुपर्ला जस्तो लागेको छ’ बुढाले भन्नुभयो, ‘आफ्नैले भयाउ“छ कि भन्ने हो । नत्र अन्त बाट उखु ल्याएर भएपनि ग्राहकलाई जुस खुवाउ“छौ ।’ उहाका अनुसार जुसको सिजन भदौ असोज सम्म पनि सकिन्न । उखुको सिजन भने अलि चाडै बारीमामा रित्तीने सम्भावना बढेको छ । ग्राहकले माया गर्नुभयो भने जसरी भए पनि पुरा हुन्छ ।
अझै राम्रो गरौ भन्ने सोच रहेको बुढाले बताउनुभयो । उखुको रस बाट भेराईटि कस्तो बनाउने बारे छलफल भएको छ । उखुको झुस बाट कागज बन्छ तर, फेक्टी नहुदा पठाउन सकिएको छैन । कलाकारमा रहदा मान्छेहरु कवि होईन विप्लव कविता हो भन्थे । फुच्चे शरीर भएपनि कलाको सुन्दरताले गुरा“सको फुलको उपमा दिन्थे । अहिले फेरी कृषिको आधुनिकीकरण र स्वस्थ जुस पिलाएर अर्को परिचय दिएका छन् । सबै क्षेत्रका व्यक्तिको आकर्षक बनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।