मुख्य समाचार

अब सबै क्षेत्रको एकाधिकारी तोडिने प्रधानमन्त्रीको भनाइ

By थाहा अनलाइन

May 06, 2018

सैघाली खबर काठमाण्डौं,२३ बैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात क्षेत्रको मात्रै नभई अरु क्षेत्रको पनि एकाधिकार तोड्ने बताउनुभएको छ । आज संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यातायात क्षेत्रको एकाधिकार तोडेर सुरुवात मात्रै गरेको र अब सबै क्षेत्रको एकाधिकार तोडिदै जाने बताउनुभयो । अब शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिएको एकाधिकार पनि तोड्ने बताउनुभयो । सरकार बलियो हुदा नागरिक डराउनु नपर्ने भन्दै प्रधानमन्त्री ओलीले सरकारको राम्रा कदममा नागरिकले साथ दिने विश्वाश व्यक्त गर्नुभयो ।