समाचार

पक्ष, विपक्षमा बिभाजित नभइ विकास निर्माणमा लाग्नुपर्नेमा प्रचण्डको जोड

By थाहा अनलाइन

May 06, 2018

सैघाली खबर काठमाण्डौं,२३ बैशाख

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरु सत्ता पक्ष र प्रतिपक्षको रुपमा बिभाजित नभइ विकास निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को नवनिर्वाचित नेतृत्वको आज आयोजित पदस्थापन कार्यक्रममा अध्यक्ष प्रचण्डले देशको विकासका लागि सबै सत्तापक्ष हुनुपर्ने बताउनुभएको हो । प्रचण्डले विकास, समृद्धि र स्थायीत्वका लागि सत्ता पक्ष र प्रतिपक्ष मिलेर जानुको विकल्प नभएको बताउदै सत्ता पक्ष र राजनीतिक दललाई चेक एण्ड ब्यालेन्समा राखिराख्न पनि प्रेस स्वतन्त्रता आवश्यक रहेकोमा जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले युद्ध र शान्ति प्रक्रियामा कहिलेकाहिँ कमजोरी भएपनि पत्रकारितालाई कहिल्यै आग्रह वा पूर्वाग्रहमा राखेर काम नगरेको बताउनुभयो । कार्यक्रममा प्रदेश नम्बर ४ का उद्योग, वन तथा वातावरण मन्त्री विकाश लम्सालले नेपाली जनताले नयाँ अभ्यास गर्ने नाममा फेरी अर्को दुर्घटना निम्त्याउन नचाहेको बताउनुभयो । उहाँले एमाले र माओवादीबीच एकताको विकल्प नभएको बताउँदै अब फुट्ने छुट कसैलाई नभएको बताउनुभयो ।