प्रदेश नम्बर १ मा जिल्ला सभा संचालन सम्बन्धी बनेको विधेयक संशोधनसहित पारित



सैघाली खबर
काठमाण्डौं,२३ बैशाख

प्रदेश नम्बर १ प्रदेशसभाको बैठकले जिल्ला सभा संचालन सम्बन्धी बनेको कार्यविधि विधेयक संशोधन सहित पारित गरेको छ । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गत बिहीबार नै विधेयक बैठकमा पेश गर्नुभएको थियो । कार्कीले प्रस्तुत गरेको विधेयकमा १२ जना सांसदले संशोधन दर्ता गराएका थिए । आज बसेको बैठकमा सांसदले दर्ता गरेको संशोधनलाई मन्त्री कार्कीले स्वीकार गरेपछि विधेयक पारित भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्