खेलकुद

आफ्नो कार्यकालमा म्याच फिक्सिङ हुन नदिने एन्फा अध्यक्ष शेर्पाको भनाइ

By थाहा अनलाइन

May 06, 2018

सैघाली खबर काठमाण्डौं,२३ बैशाख

अखिल नेपाल फुटबल संघ एन्फाका नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानून आवश्यक रहेको बताउनुभएको छ । आज काठमाण्डौम आयोजित एउटा कार्यक्रममा उहाँलेम्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक रहेको र त्यो कानून ल्याउनको लागि सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल लिनुपर्ने धारणा राख्नुभयो ।

अनुशासन कमिटि र एपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतोहरु रोक्ने विश्वास समेत उहाँले दिलाउनुभयो । शेर्पाले पछिल्लो समय फूटबलमा ‘म्याच फिक्सिङ’ गरेको आरोप लागेको बताउँदै फुटबलमा नीतिगत पारदर्शीता हुनुपर्ने र त्यसमा आफू केन्द्री हुने भन्दै उहाँले यसका लागि विज्ञहरुसँग छलफल गरेर उपयुक्त नीति बनाउने धारणा राख्नुभयो ।