विपन्न विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री



 

शिबा डाँगी

सल्यान, २३ बैशाख । सल्यान रीमका विपन्न समुदायका वालवालिकाहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । विपन्नताका कारण विद्यालय पोशाक र शैक्षिक सामग्री अभावमा शिक्षा वाट वञ्चित भएका वालवालिकाहरुलाई विद्यालय पोशाक, झोला, कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरेको हो ।

कपुरकोट गाउँपालिका वडा नम्बर ५ रीममा रहेका ६ वटा विद्यालयबाट विपन्न वालवालिका छनौट गरेर पोशाक वितरण गरिएको वडा अध्यक्ष यम कुमार वस्नेतले जानकारी दिएका छन् । ६५ जना अती विपन्न र ११ जना विपन्न गरी ७६ जना विद्यार्थीले बालवालिकाहरुलाई वितरण गरिएको हो । जसमा छात्रा ४१ र छात्र ३५ जना रहेका छन्

गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष तिला बुढा, शिक्षा शाखा प्रमुख कृष्ण भण्डारि र वडाअध्यक्ष वस्नेतले विपन्न ११ जनालाइ एक एक जोड ब्याग, पोशाक, एकएक दर्जन कापि, कलम तथा ६५ जना अती विपन्न वर्गका विद्यार्थीलाइ दुई÷दुई जोड वितरण गरेका हुन् ।

पोशाक प्राप्त गरेपछि जीवनज्योती मावि रीममा कक्षा ३ मा अध्ययनरत छात्रा सिता विक निकै खुसि देखिएकि थिइन् । उनले अव नियमित विद्यालय आउने बताइन् । विद्यालयमा भर्ना हुने तर शैक्षिक सामग्री नभएकै कारण उक्त विद्यार्थीले विचमै विद्यालय छाडेको पाइएपछि आफुहरुले वालवालिकाको लागी भनेर छुट्याइएको बजेट बाट यो कार्य गरेको वडाअध्यक्ष वस्नेतले बताए । उनले भने, ‘विपन्न वर्गको विद्यार्थी कापि, कलम, ड्रेस, झोला विना स्कुल आउँदा अरुलाइ देखेर हिनताबोध गर्दाेरहेछ । त्यसैले पोशाक र शैक्षिक सामग्री वितरण गरेका हौँ । यसबाट बालबालिकामा हौसला बढ्ने र नियमित विद्यालय आएर पढ्नेछन् भन्ने हाम्रो अपेक्षा छ ।’

पोशाक वितरण गर्दै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले समृद्धि हाँसिल गर्नका लागी वालवालिकालाइ लगानी गर्न जरुरी रहेको बताउँदै वडा कार्यालयले गरेको कामको प्रशंशा गरे । ‘बालबालिकामा लगानी बढाउनेतर्फ हामी योजना बनाएर अघि बढ्दैछौँ,’ सेनले भने, ‘बालबालिकामा आज गरिएको  एक रुपै याले  भविष्यमा लाखौ ं रुपै या बराबरको  प्रतिफल दिने कुरा सबैले बुझ्नुपर्छ ।’

यस्तै गाउँपालिकाका उपाध्यक्ष तिला बुढा मगरले बालवालिकाको शिक्षा, दिक्षामा अभिभावकले विशेष ख्याल गर्नुपर्ने बताइन् । विपन्न बालवालिकालाइ पोकाश वितरण गर्नु अत्यन्तै उदाहरणिय काम भएको बताउँदै गाउँ कार्यपालिका सदस्य कमला विक, न्यायपालिका सदस्य भिमा बुढाथोकी, वडा सदस्य शिवराज नेपालि, जीवनज्योती मावि रीमका विव्यस अध्यक्ष टोपेन्द्र केसी, प्रअ भुपाल साहु, समाजसेवि खड्क केसी लगाएतकाले लक्षित बर्गको बजेटले प्रत्यक्ष रुपमा सम्बन्धीत वर्गलाइ हित गर्नुपर्ने बताएका थिए ।

चालू आर्थीक वर्षको लक्षित वर्गको बजेट एक लाख ३० हजार रुपैयाँबाट जीवनज्योती माविका ३५, सरस्वती आधारभुत विद्यालय जामुनेका १४, सिद्ध आधारभुत विद्यालय खालीका १३, सरस्वती आधारभुत विद्यालय खालिका ७, भुवनेश्वरि आधारभुत विद्यालय सिन्दुरीका ६ जना र सिद्धबाबा आधारभुत विद्यालय सिस्नेरीका एकजना विद्यार्थीलाइ पोशाक र शैक्षिक सामग्री वितरण गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्