चामलको बोरामा चिनी तस्करीःचिनी सहित दुई महिला प्रहरी नियन्त्रणमा



नेपालगन्ज भन्सारको मिलोमतोमा चामलको बोरामा चिनी तस्करीः कर्मचारीले छाडे, अनुसन्धान ब्युरोले समात्यो (सागर थापा महेन्द्र सिंह) नेपालगन्ज नेपाल–भारत सीमाको जमुनाह नाकाबाट कर्मचारीसँगको मिलेमतोमा भन्सार छलेर ल्याइएको चिनी सहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

५ नम्बर प्रदेशको अनुसन्धान ब्युरोको टोलिले भन्सार छलेर ल्याइएको चिनि सहित महिलालाई नियन्त्रणमा लिएपछि तस्करीको नयाँ रहस्य समेत खुलेको छ । बाहिर चामलको बोराको सिल, भित्र चिनी सहितको ४ बोरा बरामद भएपछि तस्करले नयाँ तरिका प्रयोग गरेको खुलेको हो ।

रुपईडिहाबाट नेपालगन्ज तर्फ आउँदै गर्दा भन्सार भन्दा केही माथि प्रहरीले महिलालाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो । महिलाले भन्सार कर्मचारीलाई केही पैसा दिएर ल्याएको खुलासा समेत गरेका छन् जमुनाहा प्रहरी र भन्सार प्रहरी गरी दुई स्थानमा भन्सार कर्मचारीको चेकजाँचलाई पार गर्दै भित्रिएको चिनी अनुसन्धान ब्यूरोले बरामद गरि कारवाही प्रक्रिया अघि बढाएको छ ।

लामो समय देखि यस्तै तस्करी गरिरहेको महिलाहरुले स्वीकार गरेका छन्, अनुसन्धान अधिकारीले भने, भन्सार कर्मचारीलाई नियमित रकम बुझाउँदै आएको समेत उनीहरुले खुलाएका हुन् ।

अनुसन्धान भैइरहेको चामल र महिलालाई कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको अनुसन्धान ब्यूरो प्रमुख अरुण कुमार सिंहले जानकारी दिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्