सवारी नचलाए कार्बाही हुनेभएपछि यातायात व्यवसायीले माफी माग्दै भने, “अब हजुरले भनेको मान्छौं”



सिन्डिकेट हटाउने सरकारी निर्णयको विरोध गरिरहेका यातायात व्यवसायीसँग सरकारले आज (आइतबार) छलफल गर्ने भएको छ ।        

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफलका लागि व्यवसायीलाई दिउँसो सिंहदरबार बोलाएको राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष जीतबहादुर भारतीले जानकारी दिएका छन् । तर, छलफलको समय भने तोकिएको छैन । भारती हिरासत बाहिर रहेका महासंघका एकमात्र पदाधिकारी हुन् ।

अत्यावश्यक सेवा अवरोध गरेको भन्दै देशभरबाट शुक्रबार र शनिबार ९३ जना यातयात व्यवसायी पक्राउ परेका थिए । उनीहरुलाई हिरासतमा राखिएको छ ।

हिरासतमा रहेका यातायात व्यवसायीले सरकारलाई सहयोग गर्ने कागज गरे मात्र छुट्ने भएका छन् । त्यस्तो कागज नगरे उनीहरुलाई मुद्धा चलाउने तयारी भइरहेको छ ।

पक्राउ परेका यातायात व्यवसायी महासंघका अध्यक्षसहितलाई ‘सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारी साधन चलाउँछु र सरकारलाई सहयोग गर्छु’ भन्ने कागज गराउन गृहमन्त्री रामबहादुर थापाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्दशन दिएका हुन् ।

सिन्डिकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात व्यवसायीले शुक्रबार सार्वजनिक बस चलाएका थिएनन् । सरकारले पक्राउ परेका व्यवसायीविरुद्ध मुद्दा चलाए उनीहरूले १ वर्षसम्म कैद र १ हजार रुपैँया जरिवाना तिर्नुपर्नेछ ।

आवश्यक सेवा सञ्चालन ऐन अनुसार २०१४ ले निषेधित हड्ताल गर्न उक्साउनेलाई १ वर्षसम्म कैद वा १ हजार जरिवाना हुने व्यवस्था गरेको छ ।https://www.youtube.com/watch?v=ubRbFC9MNVQ&feature=youtu.be

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्