तपाईको आजको राशिफल : २०७४ साल वैशाख २४ गते सोमबार



जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– आफुले सोचे जस्तो आम्दानी हुने छैन । कार्य प्रगति राम्रो रहने छ । विगतमा नबनेका काम आज बन्ने छन् । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ ।
बृष

वृषः– इज्जतको ख्याल राखेर काम गर्नु होला दाग लाग्न सक्छ । धार्मिक विश्वास बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । विश्वासका साथ काम गर्नु होला ।
मिथुन

मिथुनः– काम कुरा एकातिर कुम्लो बोकि ठिमीतिर,आज यस्तै यस्तै हुने देखिन्छ । आफुले सोचेका कामले प्राथमिकता पाउने छैन । काम गर्ने जोश जागर घट्नेछ । चिन्ताले छाड्ने छैन । अनावस्यक खर्च बढ्ने छ ।
कर्कट

कर्कटः– काम गर्न आलटाल नगर्नु होला । आज गरेका काम प्राय सफल हुने देखिन्छ । आर्थिक कारोवारबाट समान्य सन्तुष्टि मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुने देखिन्छ । यात्रा हुन सक्छ ।
सिंह

सिंहः– बादविवादमा समय खर्च नगरी आफ्नो काममा लाग्नु भयो भने दिन उपलब्धिपूर्ण नै रहने छ । आय आर्जन बढ्ने छ । व्यापार व्यवसायमा विस्तारै सुधार आउने छ । विरोधीसँगको लडाईमा विजय प्राप्त हुनेछ ।
कन्या

कन्याः– बाहिरी कुराले पिरोल्ने छ । समयलाई बुझ्न नसक्दा कार्य विमुख हुुने अवस्था आउन सक्छ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । सन्तान र पढाईबाट सन्तोष मिल्ने छैन । खर्च बढ्ने छ ।
तुला

तुलाः– काम गरेर जश पाईने छैन । घरयासी कुराले बढि सताउने छ । पैत्रिक सम्पतिमा मुद्धा मामिला पर्न सक्छ । घर बाहिर रहेर काम गर्दा थोरै अनुकुलता हुनेछ । काम गर्न मन लाग्ने छैन । आलोचना बढ्ने छ ।
बृश्चिक

वृश्चिकः– कार्य क्षमता घट्ने छैन । व्यापार व्यवसायबाट लाभ हुनेछ । कुनै काम गर्न छ भने ढिला सुस्ति नगर्नु होला । नोकरी तथा राजनीतिमा भने आफुले सोचे जस्तो हुने छैन । आफन्तबाट सहयोग सहनुभुति मिल्ने छ ।
धनु

धनुः– दाँतमा पीडा हुन सक्छ । आर्थिक कारोवार गडबढिन सक्छ । आफन्त बनेर धोका दिन सक्छन् । संचित धन नास हुन सक्छ । बोलिको प्रभाव कम पर्ने छ । दुःख पाईनेछ । व्यापार व्यवसायमा पनि खासै प्रगति हुने छैन ।
मकर

मकरः– कार्य क्षमता त घट्ने छैन तर चिन्ताले पनि छोड्ने छैन । धैर्यपूर्वक काम गर्नु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । लेनदेन कारोवारमा चनाखो रहनु होला । उत्तम आसन र भोजन प्रप्तिको योग छ ।
कुम्भ

कुम्भः– दिन त्यति अनुकुल देखिन्न । व्यर्थको गुमाई फिराई बढि हुनेछ । आर्थिक कारोवारमा खासै प्रगति हुने देखिन्न । स्वास्थ्यमा समस्या आउन सक्छ । विरोधीबाट आक्रमण हुन सक्छ,सचेत रहनु होला । व्यापार घट्ने छ ।
मीन

मिनः– आफुमा भएको उर्जाको उचित प्रयोग गर्न पछि नपर्नु होला । उचित कामको लागि धन खर्च हुनेछ । आय आर्जन बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा ढिला नगर्नु होला हानी हुनेछ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्