कसै ले नगरेको काम बादल ले गर्दै यो काम भय देश सुद्रीन्छ



सिन्डिकेट बिरुद्ध कडा रुपमा प्रस्तुत भएका  गृहमन्त्री रामबहादुर थापाले फेरी देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने  योजना बनाएका छन् ।

विकास र समृद्धिको बाधक तथा भ्रष्टचारको कारक समेत मदिरा रहेको भन्दै गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा विक्री वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो।

मदिरा नियन्त्रण कार्ययाेजना अन्तर्गत उत्पादक र वितरक सहित सेवनकर्तालाई समेत जिम्मेबार बनाउने गरि विक्री वितरणकाे प्रवन्ध गर्ने तयारी मन्त्रालयले गरेकाे छ। निश्चित स्थान र समयमा मात्र मदिरा विक्री वितरणकाे कार्यनीति बनाउने तयारी मन्त्रालयले गरेकाे हाे। उक्त कानूनमा मदिरा पिउन तीन पुस्ते भर्नुपर्ने व्यवस्था राख्नुपर्ने विषयमा पनि छलफल भइरहेको छ।

सोही क्रममा आज गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बिभिन्न राजनीतिक पार्टी आवद्ध महिला नेतृ र महिला सांसदहरुसँग आज गृहमन्त्रालयमा सो विषयमा छलफल गरेका छन्। छलफलमा गृहमन्त्री बादलले समाज , परिवारमा विखण्डनको प्रमुख कारण मदिरा रहेको भन्दै यसको नियन्त्रण गर्ने तयारी गृह मन्त्रालयले थालेको भन्दै यसमा रचनात्मक सुझाव र सहयोगका लागि महिला नेतृहरुसँग आग्रह गरे।

उनले पछिल्लो समय बढीरहेको महिला हिंसाको कारण समेत मदिरानै रहेको भन्दै मदिराबाट राज्यले पाउँदै आएको कर भन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौँ गुणा घातक रहेको टिप्पणी गरे। देशभर रहेको करिब छ हजार ५०० स्थानिय तहका वडाहरुमा विभिन्न राजनीतिक पार्टी आवद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समुह, नागरिक समाज र सुरक्षाकर्मी रहनेगरी समिति गठन गरी वडास्तरबाटै जनसहभागितामा मदिरा नियन्त्रणको अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको उनले जानकारी दिए।

यसको लागि मन्त्रालयले विस्तृत खाका बनाईरहेको भन्दै अभियान केन्द्रको प्रयासले मात्रै सम्भव नरहेको भन्दै वडास्तरबाटै सञ्चालन गरीने गृहमन्त्री बादलको भनाई छ। यसका लागि तत्काल मन्त्रालयले ६ महिने अभियान सञ्चालनका लागि आवश्यक गृहकार्य गरीरहेको गृहमन्त्रीले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्