तुलसीपुर सुरक्षित छ :गृहमन्त्री शर्मा



असार १२ दाङ

janardaen sharma1

गृहमन्त्री जनार्दन शर्माले दाङको तुलसीपुर सुरक्षित भएको बताउनुभएको छ । रिपोर्टर्स क्लव दाङले आज विहान तुलसीपुरमा गरेको पत्रकार भेटघाटमा मन्त्री शर्माले एक÷दुई घटना हुँदैमा तुलसीपुर अशुरक्षित छ भन्न नहुने बताउनुभयो । एक दुई घटनालाई लिएर सामान्यीकरण नगरी घटनाको रुपमा मात्र समाचार लेख्न पत्रकारहरुलाई पनि आग्रह गर्नुभयो । देवी प्रसाद धिताल र रत्नबहादुर वलीको हत्या तथा राजकुमार श्रेष्ठ बेपत्ताको बिषयलाई जोडेर पत्रकारले शान्ती सुरक्षाको प्रश्न गरेपछि मन्त्री शर्माले कसैले फैलाएको भ्रममा नपर्न आग्रह गर्दै तुलसीपुर सुरक्षित भएको दाबी गर्नुभयो । उहाँले अर्को प्रसंगमा सरकार आगामी मंसिर सम्म तीनै तहको निर्वाचन सम्पन्न गर्ने तयारीमा रहेको बताउनुभयो । स्थानिय तहको निर्वाचन तीन चरणमा गर्ने निर्णय सँगै असन्तुष्ट सबै दल चुनावमा सहभागी भएको भन्दै मन्त्री शर्माले निर्वाचनको शुरक्षामा पनि संका नगर्न आग्रह गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्